Wednesday, August 19, 2026
spot_img

समृद्धि फाइनान्स र बिट्स क्राफ्टबीच सम्झौता, QR बाट भुक्तानी गर्दा अडियो संदेश

spot_img

समृद्धि फाइनान्स लिमिटेड र बिट्स क्राफ्ट प्रा.लि. (Koili) बीच अडियो QR उपलब्ध गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ। सम्झौतामा समृद्धि फाइनान्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार घिमिरे र बिट्स क्राफ्ट प्रा.लि.का व्यवसाय विकास प्रबन्धक सुन्दर थापाले हस्ताक्षर गरेका छन्।

यस सेवा अन्तर्गत ग्राहकहरूले QR कोड स्क्यान गरी भुक्तानी गर्दा भुक्तानीको पुष्टीकरण अडियो QRमा जडित साउन्ड बक्सबाट आउने आवाजद्वारा तुरुन्तै प्राप्त हुनेछ। भुक्तानी सफल भएपछि “Payment Successful” भन्ने जस्ता भ्वाइस मेसेज बज्नेछ, जसले व्यापारी र ग्राहक दुवैलाई तत्काल भुक्तानी पुष्टिको जानकारी दिनेछ।

यस सेवाबाट व्यापारी तथा ग्राहकलाई मोबाइल फोनमा भुक्तानी पुष्टिको मेसेज पर्खनुपर्ने समयको समेत बचत हुनेछ। अडियो QR सेवा सुरु गर्नुका साथ ग्राहक र व्यवसायीहरूलाई थप सजिलो, सुरक्षित र भरपर्दो भुक्तानी अनुभव प्रदान गर्न सकिने छ ।

फाइनान्सले १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर .टि .जि .एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू .आर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

महासंघ अध्यक्ष श्रेष्ठ र संयुक्त राष्ट्रसंघका नेपालस्थित आवासीय संयोजकबीच भेटवार्ता

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र संयुक्त...

पर्यटन र पूर्वाधार विकासले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्छः ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आईएमई ग्रुपका...

राष्ट्रिय गौरवका सिँचाइ आयोजना ५ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको...

नेपाल एसबिआई बैंकको सीएसआर कार्यक्रम: सुरक्षा, स्वास्थ्य तथा शिक्षामा सहयोग

नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले २ वर्ष मै तिरे साढे २२ करोड जरिवाना, जोगिने कसरी ?

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले पछिल्लो २ आर्थिक वर्षमा...

ग्यास अभावको स्थायी समाधानः एउटा परिवारलाई २ सिलिण्डरको सीमा तोक्न कति सम्भव ?

अहिले काठमाडौँसहित देशभरी नै उपभोक्ताले सजिलै ग्यास पाउन सकेका...
spot_img