Tuesday, April 21, 2026
spot_img
spot_img

गोगोरोको विद्युतीय स्कुटर खरिद गर्न आइसिएफसि फाइनान्सले ऋण दिने

spot_img
spot_img

आइ.सि.एफ.सि. फाइनान्स लिमिटेडले नेबुला मोबिलिटी – गोगोरोसँग एक महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेको घोषणा गरेको छ । उक्त साझेदारि अनुसार अब नेबुला मोबिलिटीको विद्युतीय स्कुटर गोगोरो खरिद गर्ने ग्राहकहरूलाई खरिदको लागि आइ.सि.एफ.सि.फाइनान्सले ऋण सुविधा प्रदान गर्ने भएको छ।

सम्झौतामा  आइ.सि.एफ.सि. फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सुनिल पन्त र नेबुला मोबिलिटीका अध्यक्ष मनोज कुमार गोयलले हस्ताक्षर गरेका छन् ।

सम्झौतामा हस्ताक्षर गर्दै आइ.सि.एफ.सि. फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सुनिल पन्तले भने , “यो साझेदारीसँगै हामी नयाँ प्राविधिक क्षेत्रका लागि वित्तीय सुविधा विस्तार गर्दैछौं र सस्तो अनि दिगो यातायातको प्रवर्धनमा सहयोग पुर्याउन इच्छुक छौं । नेबुला मोबिलिटीको गोगोरो स्कुटर पर्यावरणमैत्री उत्पादन भएको प्रतिबद्धता जनाउँदै देशको इन्धन खपतलाई न्यूनतम राखी आर्थिक उन्नतिमा टेवा पुर्याउने विश्वास राख्दै नेबुला मोबिलिटीसँग मिलेर हामी नेपालका ग्राहकहरूलाई नयाँ अवसर प्रदान गर्नेछौ।’

नेबुला मोबिलिटीका अध्यक्ष मनोज कुमार गोयलले यस सम्झौतासँगै ग्राहकहरूको लागि वित्तीय पहुँचलाई सहज बनाउने र विद्युतीय सवारीको प्रयोगलाई बढावा दिने विश्वास व्यक्त गरे। उनले भने, “हामी आइ.सि.एफ.सि. फाइनान्ससँगको साझेदारीलाई हाम्रो ब्रान्डको प्रवद्र्धनका लागि महत्त्वपूर्ण कदम मान्दछौं, जसले नेपालमा पर्यावरणमैत्री र दिगो यातायातको विकासमा योगदान पुर्याउनेछ ।” साथै नेबुला मोबिलिटीको गोगोरो स्कुटरमा ब्याट्री फेर्न मिल्ने सुविधा भएकाले, कम्पनीले तोकेको स्टेशनमा गई पूर्ण चार्ज भएको ब्याट्री राख्न सकिने हुँदा अब ग्राहकहरू घरीघरी ब्याट्री चार्ज गर्नुपर्ने झन्झटबाट मुक्त भएको उनले बताए ।

यो सम्झौताले नेपालका उपभोक्ताहरूलाई डिजिटल र पर्यावरणमैत्री गोगोरो इलेक्ट्रिक स्कूटरहरूको खरिदमा सहजता पुर्याउनेछ। ग्राहकहरूले अब आइ.सि.एफ.सि. फाइनान्सको ऋण सुविधा मार्फत आफ्नो आवश्यकता अनुसार सजिलै वित्तीय सेवा प्राप्त गर्न सक्नेछन् । यो सम्झौताले नेपालको सस्तो, दिगो, स्वच्छ पर्यावरणमैत्री यातायात प्रणालीको विकासमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको कम्पनीले जनाएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

राफेको उत्पादन नेपाली बजारमा भित्रियो, रिप्लेसमेन्टको सुविधा

राफे इन्टरनेशनल ट्रेडिङ (एलएलसी) का उत्पादनहरू नेपाली बजारमा भित्रिएका...

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ साउन २६ देखि, इभेन्ट व्यवस्थापक छनोट गर्न आवेदन माग

नेपाल अटोमोबाइल्स इम्पोटर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिशयन (नाइमा)ले दोस्रो संस्करणको...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ५ निर्णय

आज वैशाख ८ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ५...

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य नियुक्त

सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्यलाई नियुक्त...

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको लागि सिफारिस समिति गठन

सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको लागि सरकारले सिफारिस...

सहकारी ठगीको आरोपमा राष्ट्रिय वाणिज्य बैंकका पूर्व अध्यक्ष पक्राउ

राष्ट्रिय वाणिज्य बैंकका पूर्व अध्यक्ष डा. बलराम पाठक पक्राउ...
spot_img