कामना सेवा विकास बैंकले लाभांश घोषणा गरेको छ। बैंकको आज भदौ २८ गते शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
जस अनुसार बैंकले हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ५ प्रतिशत नगद लाभांश गरि कुल १२ प्रतिशत लाभांश घोषणा गरेको हो ।
यस संगै कामना सेवा विकास बैंक आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गर्ने पहिलो विकास बैंक बनेको छ । नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।