Friday, June 19, 2026
spot_img

५९.५१ प्रतिशतले बढ्यो मितेरी डेभलपमेन्ट बैंकको खुद ब्याज आम्दानी, ईपीएस १०.५४ रुपैयाँ

spot_img
spot_img

मितेरी डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासको अपरिस्कृति वित्तीय विवरण प्रकाशन गरेको छ ।  प्रकाशित वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा ४.०७ प्रतिशतले बढेको छ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले ९ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ९ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ५९.५१ प्रतिशतले बढेर २२ करोड १५ लाख पुगेको छ। बैंकको संचालन आम्दानी बढेर २५ करोड ५७ लाख पुगेको छ भने संचालन मुनाफा बढेर १३ करोड ७४ लाख पुगेको छ। यस अवधिमा कम्पनीको वितरणयोग्य मुनाफा भने १० करोड ७ लाख रहेको छ ।

यस अवधिमा कम्पनी प्रति शेयर आम्दानी १० रुपैयाँ ५४ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ १३९.३६ रुपैयाँ रहेको छ। कम्पनीको खराब कर्जा ०.७८ प्रतिशतबाट घटेर ०.४८ प्रतिशत पुगेको छ।

१ अर्ब २१ करोड चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भमा रिजर्भमा ३७ करोड ८३ लाख रुपैयाँ रहेको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

१० मेगावाटभन्दा कम क्षमताका हाइड्रोको पीपीए खुला

सरकारले १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् आयोजनाको विद्युत् खरिद...

जबर्जस्ती कर्जा प्रवाह गरेर उद्यमी वा व्यवसायी जन्माउन सकिँदैनः गर्भनर

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले ऋणीहरुलाई सबैतिरबाट...

प्राइम कमर्शियल बैंकले पायो ऋणपत्र निष्काशनको अनुमति

प्राइम कमर्शियल बैंकले ऋणपत्र निष्काशनको अनुमति पाएको छ। नेपाल...

शेयर लगानीकर्तालाई अनुसन्धानमा तानिन्छौँ कि भन्ने त्रास भएको हुन सक्छ : अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले शेयरबजारका केही लगानीकर्तामा भय त्रास...

नेप्सेमा टक्सार पिखुवा खोला हाइड्रोको शेयर सूचीकृत, कुन मूल्यमा हुन्छ सुरुवाती कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको...

नेप्सेमा याम्बालिङ्ग हाइड्रोपावरको शेयर सूचीकृत, सोमबारबाट कारोबार हुने

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडको शेयर सूचीकृत...
spot_img