Tuesday, May 5, 2026
spot_img
spot_img

विकास बैंकले दिए १९.८६ अर्बको शेयर धितो कर्जा, धेरै दिनेमा मुक्तिनाथ र गरिमा अगाडी

spot_img
spot_img

आर्थिक वर्ष २०८२/८३ को ६ महिनासम्ममा शेयर धितो कर्जा बढेर डेढ खर्ब नाघेको छ। २०८२ पुस मसान्तसम्ममा शेयर धितो कर्जा बढेर १ खर्ब ५२ अर्ब ८२ करोड पुगेको हो ।  २०८१ पुसमा यस्तो कर्जा १ खर्ब १३ अर्ब ७७ करोड थियो। समीक्षा अवधिमा शेयर धितोकर्जा ३४.३२ प्रतिशतले बढेको छ ।

कुल शेयर धितो कर्जा मध्ये वाणिज्य बैंकको हिस्सा ८४.८५ प्रतिशत रहेको छ । यस अवधिसम्म वाणिज्य बैंकहरुले १ खर्ब २९ अर्ब ६८ करोड शेयर धितोकर्जा प्रवाह गरेका छन् ।  विकास बैंकले १९ अर्ब ८६ करोड शेयर धितो कर्जा दिएका छन् भने फाइनान्स कम्पनीले ३ अर्ब २७ करोड बराबरको शेयर धितोकर्जा दिएका छन् ।

विकास बैंकहरु मध्ये मुक्तिनाथ विकास बैंकले सबैभन्दा धेरै ४ अर्ब ५ करोड रुपैयाँ बराबरको शेयर धितोकर्जा प्रदान गरेको छ भने गरिमा विकास बैंकले २ अर्ब ७१ करोड रुपैयाँको शेयर धितोकर्जा प्रदान गरेको छ । त्यस्तै महालक्ष्मी, शाइन रेसुङ्गा र लुम्बिनीले क्रमश २ अर्ब ३४ करोड, २ अर्ब ३२ करोड र २ अर्ब रुपैयाँ बराबरको शेयर धितोकर्जा प्रदान गरेका छन् ।

सिन्धु विकास बैंकले सबै भन्दा कम अर्थात् ८ करोड २५ लाख र सप्तकोशी डेभलपमेन्ट बैंकले १४ करोड ३६ लाख रुपैयाँ बराबरको शेयर धितो कर्जा प्रवाह गरेका छन्  । नारायणी, कर्णाली, कर्पोरेट र सालपाले भने शेयर धितोकर्जा प्रवाह गर्ने गरेका छैनन् ।

कुन विकास बैंकको कति ? 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सानिमा जिआईसी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सानिमा जिआईसी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज वैशाख २२...

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओमा आवेदन दिने...

बिदा भए लगानी बोर्डका सीईओ ज्ञवाली, जाँदाजाँदै के भने ?

लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृतबाट सुशील ज्ञवाली बिदा...

यी हुन् क्यानको महानिर्देशक बन्न इच्छुक २१ जना

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को महानिर्देशक पदका लागि २१...

अब बीमा प्राधिकरणको संचालक समितिमा प्राविधिक सहसचिव पनि रहने

अब बीमा प्राधिकरणको संचालक समितिमा प्राविधिकतर्फको सहसचिव पनि रहने...

शेखर गोल्छालाई थुनामा राख्ने निर्णय बदर, रिहा गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर...
spot_img