Friday, July 17, 2026
spot_img

गरिमा विकास बैंकले कालोसूचीमा रहेका व्यक्तिलाई ऋण दिएको खुलासा

spot_img

गरिमा विकास बैंकले कालोसूचीमा रहेका व्यक्तिलाई ऋण दिएको खुलासा भएको छ। नेपाल राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागले यसबारे खुलासा गरेको हो । आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासमा बैंकले कालोसूचीमा रहेका व्यक्तिलाई ऋण दिएको खुलेको हो।

यस संगै विभागले गरिमा विकास बैंकलाई कारवाही पनि गरेको छ।  गरिमा विकास बैंकले कालोसूची मै रही रहेका ऋणीलाई व्यक्तिगत अधिविकर्ष कर्जा अर्थात् ओभरड्राफ्ट कर्जा प्रवाह गरेको पाइएकाले राष्ट्र बैंकले कारवाही गरेको हो।

राष्ट्र बैंकको एकिकृत निर्देशन अनुसार कालोसूचीमा समावेश भएका व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थालाई बैंकले कुनै पनि नयाँ कर्जा प्रदान गर्न, कर्जा नवीकरण गर्न, थप कर्जा प्रदान गर्न, किस्तावन्दीमा प्रदान भएको कर्जाको बाँकी किस्ता प्रदान गर्न वा जमानत स्वीकार गर्न समेत पाउदैनन्।

तर गरिमा विकास बैंकले कालोसूची मै रही रहेका ऋणीलाई व्यक्तिगत अधिविकर्ष कर्जा अर्थात् ओभरड्राफ्ट कर्जा प्रवाह गरेको पाइएकाले राष्ट्र बैंकले कारवाही गरेको हो। गरिमा विकास बैंकलाई राष्ट्र बैंकले नेपाल राष्ट्र बैक ऐन, २०५८ को दफा १०० को उपदफा (१) को खण्ड (क) बमोजिम सचेत गराएको  छ।

त्यस्तै राष्ट्र बैंकले गरिमा विकास बैंकका सीइओ माधव प्रसाद उपाध्यायलाई पनि कारवाही गरेको छ । गरिमाका सीइओलाई राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम सचेत गराएको हो।

पुनरकर्जा, व्यावसायिक निरन्तरता कर्जा र सहुलियतपूर्ण कर्जा दुरुपयोग गरेकोमा राष्ट्र बैंकले गरिमा विकास बैंकका सीइओलाई कारवाही गरेको हो ।  राष्ट्र बैंकका अनुसार पुनरकर्जा, व्यावसायिक निरन्तरता कर्जा र सहुलियतपूर्ण कर्जाको सदुपयोगिताको अध्ययन गर्न नियुक्त गरेको परामर्शदाताले पेश गरेको प्रतिवेदनमा गरिमाबाट प्रवाह भएका कर्जाहरुमध्ये दुरुपयोग भएको वा दुरुपयोगको आशंका भएको भनी कैफियत जनाइएको थियो । त्यस्तो कर्जाहरुको सम्बन्धमा बैंकले आफ्नो आन्तरिक लेखा परीक्षकबाट तयार गरी राष्ट्र बैंकमा पेश गरेको प्रतिवेदनमा खुलाइए अनुसार संस्थाबाट प्रवाह भएका केही सहुलियपूर्ण कर्जा सदुपयोग नभएको देखिएको राष्ट्र बैंकले जनाएको छ । यसो हुँदा सहुलियतपूर्ण कर्जासम्बन्धी मार्गदर्शन र राष्ट्र बैंकबाट जारी सो सम्बन्धी निर्देशन उल्लंघन भएको हुँदा राष्ट्र बैंकले गरिमा विकास बैंकका सीइओलाई कारवाही गरेको हो ।

यस अघि : राष्ट्र बैंकद्वारा २ विकास बैंक र २ फाइनान्सलाई कारवाही

निर्देशन नमानेपछि राष्ट्र बैंकको कारवाहीमा परे १५ वटा वित्तीय संस्थाका सीइओ

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

राष्ट्र बैंक ऐन संशोधनबारे सिबिफिन र बैंकर्स संघसँग छलफल गर्दै अर्थ समिति

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐन २०५८...

एनटीसीको सिम हराएको छ ? अब अनलाइनबाटै दिन सकिन्छ आवेदन

नेपाल टेलिकमले सिमकार्ड हराएमा वा बिग्रेमा अनलाइबाटै आवेदन दिन...

राष्ट्र बैंक ऐन किन संशोधन गर्न लागियो ? यस्तो छ अर्थमन्त्रीको जवाफ

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक ऐन, २०५८...

आगामी वर्ष विद्युत् पूर्वाधारमा ८० अर्ब लगानी, १२ प्रसारण लाइन सम्पन्न गर्ने सरकारको लक्ष्य

सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ मा विद्युत् उत्पादनभन्दा पनि...

नेपाल–भारत ऊर्जा सहकार्यमा भएको नयाँ उपलब्धिलाई निक्कीको स्वागत

पोखरामा सम्पन्न नेपाल–भारत ऊर्जा क्षेत्रसम्बन्धी संयुक्त निर्देशक समितिको १३औँ...

शिक्षा मन्त्रीको राजीनामाको माग गर्दै २० दिनदेखि सोनम वाङ्चुक अनसनमा, ९.१ किलो घटे

भारतका जलवायु अभियन्ता, तथा शिक्षाविद् सोनम वाङ्चुक विगत २०...
spot_img