Monday, May 18, 2026
spot_img

राजधानीकै पम्पमा ‘पेट्रोल छैन’को बोर्ड, किन देखियो अभाव ?

spot_img
spot_img

सोमबार दिउँसो काठमाडौँको वालुवाटारमा रहेको श्री जय गोमा गणेश आयल स्टोर बन्द अवस्थामा थियो। स्टोरमा ‘पेट्रोल छैन, धन्यवाद’ लेखिएको बोर्ड झुण्ड्याईएको थियो।

काठमाडौँको व्यस्त स्थानमै रहेको पम्पले पेट्रोल छैन भनेर पम्प बन्द गरेपछि बजारमा कतै पेट्रोलियम पदार्थको अभाव भएको हो कि भन्ने त्रास सर्वसाधारणमा देखिएको छ। कतिपयले मूल्य बढ्न लागेकोले पम्प बन्द गरिएको हुन सक्ने आशंका गरेका छन्।

किनभने नेपाल आयल निगमले भारतीय आयल कर्पोरेशनबाट प्राप्त मूल्य सूची अनुसार हरेक अंग्रेजी महिनाको १ तारिख र १५ तारिखमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएकोमा गत जेठ १ गते (मे १५ तारिख)मा मूल्य समायोजन गरेन । मूल्य घटबढ नभएपनि निगमले विज्ञप्ति मार्फत मूल्य यथावत राखिएको जानकारी गराउने गरेको थियो।

३ दिन अगाडी मूल्य समायोजनको निर्णय नभएको र अहिले पेट्रोल पम्प बन्द देखिन थालेकोले आम सर्वसाधारणले पेट्रोलियम पदार्थको अभाव रहेको वा मूल्य बढ्न लागेको आशंका गरेका हुन् ।

तर नेपाल आयल निगमले भने ति दुवै विषयको खण्डन गरेको छ। आयल निगमका प्रवक्ता मनोज ठाकुरले पेट्रोलियम पदार्थको अभाव नरहेको र केही सिमित पम्पमा लगातार दुई दिन विदाको कारण पेट्रोलियम पदार्थ सकिएको हुन सक्ने बताए। उनका अनुसार शनिवार र आइतबार सार्वजनिक विदा हुने भएकोले शुक्रबार नै पम्पहरुले दुई दिनको लागि चाहिने पेट्रोलियम पदार्थ माग गरेर राख्नु पर्ने हुन्छ। खपतको अनुमान गरेर पम्पहरुले पेट्रोलियम पदार्थको माग गर्ने भएकोले शुक्रबार ल्याईएको डिजेल पेट्रोल सकिएको हुन सक्ने उनले उल्लेख गरे।

आज सोमबार थानकोट डिपोबाट सबै पेट्रोल पम्पहरुमा डिजेल पेट्रोल पठाउने कार्य जारी नै रहेकोले कहिकतै डिजेल/पेट्रोलको अभाव नहुने उनले बताए।

त्यस्तै उनले मूल्य समायोजनको विषयमा मूल्य स्थिर नै राखिएको र निगमको कार्यकारी निर्देशकको राजीनामा आएर पद रिक्त भएकोले निगमले मूल्यबारे कुनै विज्ञाप्ति जारी नगरेको बताए। उनका अनुसार अब मार्च १ तारिखमा मात्र मूल्य समायोजन हुने छ।

उनले पेट्रोलियम पदार्थको कुनै अभाव नरहेको र नहुने स्पष्ट पारे ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

Khanal becomes the 1st entrepreneur from Nepal to grace the Cannes Red Carpet

The iconic red carpet of the Cannes Film Festival,...

सन्दीप बने ODI मा सबैभन्दा छिटो १५० विकेट लिने बलर, तोडियो अष्ट्रेलियाका स्टार्कको रेकर्ड

नेपाली लेग स्पिनर सन्दीप लामिछाने एकदिवशीय क्रिकेटमा सबैभन्दा छिटो...

सुनको भाउ बढ्यो, चाँदीको घट्यो

आज सोमबार सुनको भाउ बढेको छ भने चाँदीको भाउ...

अर्वौँको शेयर किनबेच गरेर समयमै जानकारी नदिएपछि डोनाल्ड ट्रम्पलाई जरिवाना

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई शेयर खरिद/बिक्रीको जानकारी कानुनी समयसीमाभित्र...

नाडेप लघुवित्तले लाभांश नदिने

नाडेप लघुवित्तले आर्थिक वर्ष २०८१/८२ मा कुनै पनि लाभांश...

अर्थतन्त्रको अहिलेको मोडेलमा आमूल परिवर्तन गर्नेगरि बजेट ल्याउन महासंघको सुझाव

नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक रुपान्तरण हुने गरि आव...
spot_img