Monday, August 10, 2026
spot_img

देउराली सहकारीका अध्यक्ष चौलागाई र श्रीमती खत्री विरुद्द मुद्दा दायर, २.६८ अर्ब बिगो माग

spot_img

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सातदोबाटोको देउराली बहुउद्देश्यीय सहकारी संस्था लिमिडेडका अध्यक्ष रविन्द्र चौलागाई विरुद्द ललितपुर जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरण कसुरको मुद्दा दायर गरेको छ । विभागले उनकी श्रीमती पूजा खत्री विरुद्दमा पनि मुद्दा दायर गरेको हो ।

सहकारीका अध्यक्ष रविन्द्र चौलागाई, राजेन्द्र खत्री, दिपक के.सी., पूजा खत्री र मनोज भण्डारी माथि अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले २०८० मङ्सिर १७ गते विभागलाई पत्राचार गरेको थियो । उनीहरुले मुख्य कार्यालय सातदोबाटो र शाखा कार्यालयहरु न्युरोड, काठमाडौं र भक्तपुरमा समेत वचत रकम अपचलन गरी रविन्द्र चौलागाई समेतको नाममा काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलान्चोक र झापा जिल्ला लगायतका स्थानहरुमा घडेरी समेतका जग्गा जमिन खरीद गरेको ब्युरोले जनाएको थियो । साथै निजहरुको नाममा विभिन्न कम्पनी खडा गरी लगानी गरी सम्पत्ति शुद्धीकरणको कसुर गरेको हुन सक्ने भएकाले ब्युरोले अनुसन्धान तथा कारवाहीका लागि पत्राचार गरेको थियो ।

विभागको अनुसन्धानमा  रविन्द्र चौलागाई, पूजा खत्री र राजेन्द्र खत्रीले कसुर गरेको देखिएको छ । विभागले यी ३ जनालाई प्रचलित सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ र सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा (३) को उपदफा १ को (क),(ख) र (ग) विपरितको कसुरमा सोही ऐनको दफा २९ समेतका आधारमा दुई अर्व असठ्ठी करोड एकाउन्न लाख  रुपैयाँ बिगो कायम गरि मुद्दा दायर गरेको हो ।  साथै रविन्द्र चौलागाई, पूजा खत्री र राजेन्द्र खत्री समेतले कसूरबाट आर्जन गरेको निजको नाममा रहेको घर जग्गासमेतका सम्पत्ति जफत गर्न माग गरिएको छ ।

प्रतिवादी रविन्द्र चौलागाई सम्पत्ति शुद्धीकरण निवारण प्रयोजनार्थ सूचक संस्थाको रुपमा रहेको सहकारी संस्थाको अध्यक्ष र निजकी पत्नी पूजा खत्री सोही सहकारी संस्थाको उपाध्यक्ष पदमा रही कसूर गरेको देखिँदा निजहरु जना – २ का हकमा माथि मागदावी प्रस्ताव गरिएको दफा ३० को उपदफा (१) बमोजिम हुने सजायमा ऐ. उपदफा (७) बमोजिमको थप सजाय गर्न विभागले मुद्दामा उल्लेख गरेको छ ।

अर्का प्रतिवादी मनोज भण्डारीले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा ३ को उपदफा (२) ले निषेधित तथा सोहि ऐनको दफा ३ को उपदफा ३ बमोजिम सम्पत्ती शुद्धिकरणको कसूर गरेको हुँदा निज प्रतिवादीलाई तत्काल प्रचलित सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ एवं सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा ३० को उपदफा (२) बमोजिमको सजाय हुन र निजको नाममा रहेका घर जग्गासमेतका सम्पत्ति ऐ. दफा ३४ को उपदफा (१) बमोजिम जफत गरिपाउन पनि माग गरिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

नाइमा एक्स्पोमा टोयोटाका गाडी किन्दा ३ देखि २१ लाखसम्म छुट, २ नयाँ मोडल सार्वजनिक हुने

टोयोटा नेपालले नाइमा मोबिलिटी एक्स्पो २०२६ को अवसरमा ग्राहकहरूका लागि...

अब शेयरबजारमा ७ प्रकारका लगानीकर्ता, आईपीओ बाँडफाँड प्रणालीसँग जोड्ने प्रस्ताव

नेपाल धितोपत्र बोर्डले शेयर लगानीकर्ताको वर्गीकरणको प्रस्ताव गरेको छ। आधुनिक...

देशभर ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु, ग्राहकले पाउनेछन् यस्ता सुविधा

नेपालका लागि बीवाईडी अटोको आधिकारिक वितरक तथा सेवा प्रदायक...

पोखरामा बीवाइडीको पूर्ण थ्री–एस सुविधा सञ्चालनमा, आधिकारिक सर्भिस सेन्टर उद्घाटन

नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि. ले...

नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडले बोलायो एजीएम, २.५ प्रतिशत बोनस शेयर प्रस्ताव

नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडले साधारणसभा आह्वान गरेको छ ।...

शिवम् सिमेन्टले शिवम् होल्डिंङ्सबाट ९ करोड ८६ लाख रुपैयाँ लाभांश पाउने

शिवम् सिमेन्टले शिवम् होल्डिंङ्सबाट ९ करोड ८६ लाख रुपैयाँ...
spot_img