Monday, August 10, 2026
spot_img

एक व्यक्ति एउटा सहकारीमा मात्रै सञ्चालक बस्न पाउने व्यवस्था कार्यान्वयन गर्न निर्देशन

spot_img

कुनै व्यक्ति एक समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुनसक्ने व्यवस्था कार्यान्वयन गर्न सहकारी विभागले निर्देशन दिएको छ । विभागले सोमबार देशभरका सहकारी संस्थालाई निर्देशन दिँदै सहकारी ऐन २०७४ को दफा ४१ को व्यवस्था कार्यान्वयन गर्न भनेको हो ।

यसअघि पटक–पटक निर्देशन गर्दा पनि अटेरी भएको भन्दै विभागले ऐनको व्यवस्था अविलम्ब कार्यान्वयन गर्न भनेको हो ।  “केही व्यक्तिहरु दोहोरो सञ्चालकका रुपमा कार्यरत रहेको भन्ने गुनासो प्राप्त भइरहेकाले निर्देशनका बाबजुत यसरी हालसम्म पनि दोहोरो सञ्चालकमा बहाल रहनुभएका सञ्चालक सदस्यलाई यथाशीघ्र उक्त कानुनी प्रावधान कार्यान्वयनका लागि सम्बन्धित सबै सहकारी संस्था तथा सञ्चालक सदस्यलाई यो निर्देशन जारी गरिएको छ”, विभागको निर्देशनमा भनिएको छ ।

त्यस्तै, सहकारी संस्थाको नियमनको भूमिकामा रहेका सबै नियमनकारी निकायहरुले नियमित अनुगमन, निरीक्षण, नियमन तथा सुपरिवेक्षण गरी यो व्यवस्था कार्यान्वयन भए–नभएको जाँच गर्नसमेत विभागले निर्देशन दिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

नाइमा एक्स्पोमा टोयोटाका गाडी किन्दा ३ देखि २१ लाखसम्म छुट, २ नयाँ मोडल सार्वजनिक हुने

टोयोटा नेपालले नाइमा मोबिलिटी एक्स्पो २०२६ को अवसरमा ग्राहकहरूका लागि...

अब शेयरबजारमा ७ प्रकारका लगानीकर्ता, आईपीओ बाँडफाँड प्रणालीसँग जोड्ने प्रस्ताव

नेपाल धितोपत्र बोर्डले शेयर लगानीकर्ताको वर्गीकरणको प्रस्ताव गरेको छ। आधुनिक...

देशभर ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु, ग्राहकले पाउनेछन् यस्ता सुविधा

नेपालका लागि बीवाईडी अटोको आधिकारिक वितरक तथा सेवा प्रदायक...

पोखरामा बीवाइडीको पूर्ण थ्री–एस सुविधा सञ्चालनमा, आधिकारिक सर्भिस सेन्टर उद्घाटन

नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि. ले...

नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडले बोलायो एजीएम, २.५ प्रतिशत बोनस शेयर प्रस्ताव

नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडले साधारणसभा आह्वान गरेको छ ।...

शिवम् सिमेन्टले शिवम् होल्डिंङ्सबाट ९ करोड ८६ लाख रुपैयाँ लाभांश पाउने

शिवम् सिमेन्टले शिवम् होल्डिंङ्सबाट ९ करोड ८६ लाख रुपैयाँ...
spot_img