Wednesday, August 26, 2026
spot_img
spot_img

पोखराको प्राइम सहकारी ठगी प्रकरणमा ७ जना जेल चलान

spot_img

कास्कीको पोखरामा रहेको प्राइम बहुउद्देश्यीय सहकारी संस्थाको रकम हिनामिना अभियोगमा सात जना जेल चलान भएका छन्  । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ४, ग्रैह्रपाटनमा रहेको प्राइम बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन मुद्दामा उनीहरु जेल चलान भएका हुन् ।

कास्की जिल्ला अदालतका न्यायाधीश रामचन्द्र शर्माको इजलासले बिहीबार उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।  अदालतले सहकारीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमणि पौडेल, निवर्तमान अध्यक्ष निदेशप्रसाद कोइराला, अध्यक्ष शङ्कर कार्की, व्यवस्थापक निरु थापा, पूर्व कोषाध्यक्ष कुल दीप भट्टराई, कर्जा अधिकृत सुनिल थापा र उत्तम मगरलाई  थुनामा पठाउने आदेश दिएको हो ।

सहकारीका शेयर सदस्य एवं सल्लाहकार मानबहादुर गुरुङसँग ३५ लाख र राष्ट्रिय सहकारी बैङ्कका पूर्व कर्मचारी सन्तोष घिमिरेसँग एक लाख धरौटी लिएर रिहा गर्न अदालतले आदेश दिएको छ ।

प्राइमको ठगी प्रकरणमा आठ जना सरकारी कर्मचारी, केही लेखा परीक्षक, पूर्व अध्यक्ष, प्रदेश सरकारका सचिव, सहकारी रजिस्ट्रारसमेत मुछिएका छन् । यस प्रकरणमा ६५ जना प्रतिवादी बनाई प्रहरीले मुद्दा दर्ता गरेको थियो।  प्रहरीले प्रतिवादीहरुलाई आठ देखि १० वर्षसम्म कैद सजाय तथा एक अर्ब ५७ करोड १५ लाख आठ हजार एक सय २४ रुपैयाँ बिगो माग दाबीसहित आरोप पत्र दर्ता गरेको थियो । यस मुद्दामा ५६ जना अझै फरार छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

यी हुन् बाढीले क्षति पुर्याएका ११ हाइड्रो, ४३० मेगावाट बिजुली प्रणाली बाहिर

भोटेकोशीमा आएको बाढीका कारण ११ वटा हाइड्रो पावरमा क्षति...

नाडामा सिएरा ईभी सार्वजनिक

नेपाली बजारमा टाटाको नयाँ इलेक्ट्रीक एसयूभी सिएरा ईभी सार्वजनिक...

सुनको भाउमा झिनो गिरावट

आज बुधबार सुनको भाउ घटेको छ । मंगलबार प्रतितोला...

धितोपत्र बोर्डले नेप्से, सिडिएस, ब्रोकरदेखि सूचीकृत कम्पनीलाई दियो ३४ वटा निर्देशन

नेपाल धितोपत्र बोर्डले नेप्से, सिडिएस, मर्चेन्ट बैंकर, ब्रोकर, योजना...

सियरा ईभीको प्रि–बुकिङ सुरु, दशैँमा गाडी पाइने

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले टाटाको...

 आगन्तुक रिसोर्ट लिमिटेडले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

आगन्तुक रिसोर्ट लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...