Wednesday, June 18, 2025
spot_img

पोखराको प्राइम सहकारी ठगी प्रकरणमा ७ जना जेल चलान

spot_img
spot_img

कास्कीको पोखरामा रहेको प्राइम बहुउद्देश्यीय सहकारी संस्थाको रकम हिनामिना अभियोगमा सात जना जेल चलान भएका छन्  । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ४, ग्रैह्रपाटनमा रहेको प्राइम बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन मुद्दामा उनीहरु जेल चलान भएका हुन् ।

कास्की जिल्ला अदालतका न्यायाधीश रामचन्द्र शर्माको इजलासले बिहीबार उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।  अदालतले सहकारीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमणि पौडेल, निवर्तमान अध्यक्ष निदेशप्रसाद कोइराला, अध्यक्ष शङ्कर कार्की, व्यवस्थापक निरु थापा, पूर्व कोषाध्यक्ष कुल दीप भट्टराई, कर्जा अधिकृत सुनिल थापा र उत्तम मगरलाई  थुनामा पठाउने आदेश दिएको हो ।

सहकारीका शेयर सदस्य एवं सल्लाहकार मानबहादुर गुरुङसँग ३५ लाख र राष्ट्रिय सहकारी बैङ्कका पूर्व कर्मचारी सन्तोष घिमिरेसँग एक लाख धरौटी लिएर रिहा गर्न अदालतले आदेश दिएको छ ।

प्राइमको ठगी प्रकरणमा आठ जना सरकारी कर्मचारी, केही लेखा परीक्षक, पूर्व अध्यक्ष, प्रदेश सरकारका सचिव, सहकारी रजिस्ट्रारसमेत मुछिएका छन् । यस प्रकरणमा ६५ जना प्रतिवादी बनाई प्रहरीले मुद्दा दर्ता गरेको थियो।  प्रहरीले प्रतिवादीहरुलाई आठ देखि १० वर्षसम्म कैद सजाय तथा एक अर्ब ५७ करोड १५ लाख आठ हजार एक सय २४ रुपैयाँ बिगो माग दाबीसहित आरोप पत्र दर्ता गरेको थियो । यस मुद्दामा ५६ जना अझै फरार छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

सुनचाँदीको भाउ बढ्यो

आज बुधबार सुनको भाउ बढेको छ । मंगलबार प्रतितोला...

बजारमा अधिक तरलता, आज ९० अर्ब खिच्दै राष्ट्र बैंक

बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैङ्कले आज असार...

कालीमाटीमा आज कुन तरकारी र फलफूलको मूल्य कति ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि...

स्यार्पु पावर कम्पनीले आईपीओ निष्काशन गर्ने , साधारणसभा आह्वान

स्यार्पु पावर कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...

यस्तो छ आज बुधबारको लागि तय गरिएको विदेशी मुद्राको सटही दर

नेपाल राष्ट्र बैङ्कले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय...

कर्मचारीलाई ऊर्जामन्त्रीले भने ‘काम चित्तबुझ्दो भएन, खर्च गर्न नसक्ने भए किन बजेट माग्ने?’

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मन्त्रालय मातहत भएका...
spot_img