Saturday, August 15, 2026
spot_img

६३ प्रतिशतले बढ्यो सिटिजन्स बैंकको खुदनाफा, ईपीएस १३.५३ रुपैयाँ

spot_img

सिटिजन्स बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ।  प्रकाशित वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा ६३.०५ प्रतिशतले बढेर २ अर्ब ९ करोड पुगेको छ।  गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ अर्ब २८ करोड खुद नाफा कमाएको थियो।

यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १.९० प्रतिशतले घटेर ६ अर्ब २९ करोड पुगेको छ। कम्पनीको इम्पेरमेन्ट चार्ज २ अर्ब ६८ करोडबाट घटेर ८२ करोड ९३ लाख रुपैयाँमा सिमित भएको छ। यस कारण कम्पनीको ब्याज आम्दानी घटेपनि खुद नाफा वृद्धि भएको देखिन्छ । कम्पनीको संचालन मुनाफा ८१.२६ प्रतिशत बढेर ३ अर्ब ६० करोड पुगेको छ।

यस अवधिमा कम्पनीको वितरणयोग्य मुनाफा ५२ करोड ३१ लाख रहेको छ भने वितरणयोग्य प्रति शेयर नाफा ३.३७ रुपैयाँ रहेको छ।

यस अवधिमा कम्पनी प्रति शेयर आम्दानी १३ रुपैयाँ ५३ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ १६०.५१ रुपैयाँ रहेको छ।

१५ अर्ब ५० करोड चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भमा ९ अर्ब ३८ करोड रुपैयाँ रहेको छ। कम्पनीको खराब कर्जा ५.८८ प्रतिशत रहेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

एनएमबि क्यापिटलका ३ म्युचुअल फण्डको लाभांश घोषणा

एनएमबि क्यापिटलले संचालन गरेको ३ वटा म्युचुअल फण्डको लाभांश...

नाफामा गयो स्वस्तिक लघुवित्त, ईपीएस २८.४३ रुपैयाँ

स्वस्तिक लघुवित्तले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिस्कृत...

‘अहिलेको कानून संशोधन नगरी निजी क्षेत्रलाई विद्युत ब्यापारको लाइसेन्स दिन सम्भव’

ऊर्जा क्षेत्रका सरोकारवालाहरुले देशमा उत्पादित बिजुलीको आन्तरिक तथा अन्तराष्ट्रिय...

३२ प्रतिशतले बढ्यो वाणिज्य बैंकको नाफा: एउटा घाटामा, ४ वटाले लाभांश दिन नसक्ने

संचालनमा रहेका २० वटै वाणिज्य बैंकले आर्थिक वर्ष २०८२/८३...

निर्वाचन क्षेत्र पुगे अर्थमन्त्री वाग्ले, स्थानीयले सोधे ‘गोरखकाली उद्योग कहिले चल्छ?’

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आफ्नो निर्वाचन क्षेत्र तनहुँ १...

ब्याट्री रिसाइकलको काम गाडी आयातकर्ताले मात्र गर्न सक्दैनन्, छुट्टै कम्पनी चाहिन्छ : गोल्छा

अटोमोबाइल व्यवसायी एवं नाइमाका संस्थापक आकाश गोल्छाले नेपालमा ब्याट्री...
spot_img