Thursday, August 27, 2026
spot_img
spot_img

ग्लोबल आइएमई बैंकका ग्राहकलार्ई वण्डरल्याण्ड नेपालमा १० प्रतिशत बोनस

spot_img

ग्लोबल आइएमई बैंकका ग्राहकले वण्डरल्याण्ड नेपालमा १० प्रतिशत बोनस पाउने भएका छन् । बैंकको डेबिट तथा क्रेडिट कार्डबाहक र मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई किक फन वल्र्ड प्रा.लि. बाट सञ्चालित वण्डरल्याण्ड नेपाल, बुङ्गमतीमा सेवा मुल्यको १० प्रतिशत रकम बोनस स्वरुप प्रदान गर्ने समझदारी भएको हो ।

उक्त समझदारीमा ग्लोबल आइएमई बैंकका बागमती प्रदेश कार्यालय मेनेजर निकिता भण्डारी थापा र किक फन वल्र्डका मार्केटिङ्ग प्रमुख शिखर बस्नेतले हस्ताक्षर गरेका छन्  । समझदारी अनुसार बैंकको ग्राहकहरुले वण्डरल्याण्ड नेपाल, बुङ्गमतीमा उपलब्ध मनोरञ्जनात्मक तथा अन्य सेवाको लागि वण्डरल्याण्डबाट जारी हुने कार्डवापतको भुक्तानीको लागी बैंकको डेबिट तथा क्रेडिट कार्ड र मोबाईल बैंकिङ्ग प्रयोग गर्दा उक्त कार्डमा १० प्रतिशत बोनस थप गरी वण्डरल्याण्डले कार्ड उपलब्ध गराउने बैंकले जनाएको छ ।

ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी विभिन्न संघ–संस्थाहरुसँग समन्वय गरी यस्ता किसिमका योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको बैंकले उल्लेख गरेको छ ।

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आएको छ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

३ सय बस यात्रुसहित हराइरहेका छन्ः महासंघ

भोटेकोशीमा आएको भिषण बाढीमा करिब ३ सय यात्रुबाहक बस...

भोटेकोशी बाढीमा परेर जलविद्युत क्षेत्रमा कार्यरत १९६ जना वेपत्ता

भोटेकोशी नदीमा आएको प्रलयकारी बाढीका कारण विभिन्न जलविद्युत आयोजना...

भोटेकोशी बाढी पश्चात बीमक संघको प्रतिवद्धताः दाबी भुक्तानी द्रूत गतिमा गर्छौँ

नेपाल बीमक संघले भोटेकोशी नदीमा आएको बाढीका कारण भएको...

भोटेकोशी बाढीः सिम्रिक एयरद्वारा दिनभर उद्दार उडान

भोटकोशी बाढीका कारण जनजीवन अस्तव्यस्त भएपछि निजी क्षेत्रको हेलिकप्टर...

स्काईवेलप्रति अवलोकनकर्ताको चासो: ‘५० लाखभन्दा कम मूल्यको सबैभन्दा लामो ईभी’

जारी ‘नाडा अटो शो २०२६’मा स्काईवेलप्रति अटोमोबाइल्स प्रेमीहरुले चासो...

३८९७ अर्ब पुग्यो नेपालको विदेशी विनिमय सञ्चिति

नेपालको कुल विदेशी विनिमय सञ्चिति बढेको छ । राष्ट्र...