अब वाणिज्य बैंकहरुले RFID Chip Based Prepaid Card जारी गर्न पाउने भएका छन् । राष्ट्र बैंकले आज एकिकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो।
जस अनुसार अब अनुमतिपत्रप्राप्त “क” वर्गका वाणिज्य बैंकले नेपाल सरकारले तोकेका सडक तथा सडक खण्डहरुमा चल्ने सवारी साधनहरुबाट सडक उपभोग दस्तुर (Toll Fee) संकलन गर्ने प्रयोजनका लागि RFID Chip Based Prepaid Tag/Card जारी गर्न सक्नेछन्।
अनुमतिपत्रप्राप्त “क” तथा राष्ट्रियस्तरका “ख”र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाले क्रेडिट कार्ड, डेबिट कार्ड, प्रिपेड कार्ड लगायतका विद्युतीय भुक्तानी कार्ड जारी गर्न सक्ने व्यवस्था यथावत नै छ ।












