Sunday, May 25, 2025
spot_img

१०१ रुपैयाँ मै निफ्राको १० लाख कित्ता शेयर बेच्दै एनआइसी एशिया बैंक

spot_img
spot_img

एनआईसी एशिया बैंकले नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्राको १० लाख कित्ता संस्थापक शेयर लिलाम बढाबढमा बिक्री गर्ने भएको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको निफ्राको निफ्राको १० लाख कित्ता शेयर आज साउन ८ देखि साउन १५ गतेसम्मको मिति राखेर लिलाम गर्न लागेको हो ।

बैंकले यी शेयरको न्युनतम मूल्य प्रति कित्ता १०१ रुपैयाँ कायम गरेकोले सो वा सो भन्दा बढी मूल्य कायम गरेर लिलामीको शेयरमा आवेदन दिन सकिने छ । हाल कायम संस्थापक शेयरधनी वा जो कोही व्यक्ति वा संस्थाले यस लिलामीको शेयरमा आवेदन दिन सक्ने छन् । यद्यपि आवेदन दिंदा न्युनतम ५ हजार कित्ताको लागि आवेदन दिनु पर्ने छ । शेयर लिलाम प्रक्रियाको लागि एनआईसी एशिया क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

आवेदन दिने व्यक्ति वा संस्था नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको संस्थापक शेयर खरिद गर्नको लागि तोकेको फिट एण्ड प्रपर टेस्ट बमोजिम योग्य रहेको हुनु पर्ने छ । साथै कालोसूचीमा नपरेको हुनु पर्ने छ ।

spot_img

- Advertisement -

spot_img
spot_img

यूएईमा ५ गिगावाट क्षमताको स्टारगेट एआई डेटा सेन्टर निर्माण हुने

यूएईको अबु धाबीमा स्टारगेट यूएई नामक अत्याधुनिक कृत्रिम बुद्धिमत्ता...

आर्थिक अनियमितता प्रमाणित भए राजनीतिबाटै राजीनामा दिन्छुः गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले जीवनमा कुनै एउटा मात्रै आर्थिक अनियमितता...

जलविद्युत क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर सरकारले बजेट ल्याउनुपर्छ: वरिष्ठ उपाध्यक्ष डाँगी

स्वतन्त्र उर्जा उत्पादक संघ (इपान) का वरिष्ठ उपाध्यक्ष मोहनकुमार...

रवि लामिछानेलाई थुना मै राख्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले ष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि...
spot_img