Monday, May 4, 2026
spot_img
spot_img

यी हुन् लक्ष्मी सनराइज बैंकका ठूला शेयरधनी, खेतान समूहले ह्वातै बढायो स्वामित्व

spot_img
spot_img

लक्ष्मी सनराइज बैंकमा ०.५ प्रतिशतभन्दा धेरै शेयर हुने शेयरधनीको संख्या ३३ रहेको छ। कम्पनीको आर्थिक वर्ष २०८१/८२ को विवरण अनुसार कम्पनीमा संस्थागत र व्यक्तिगत गरि ३३ शेयरधनीसंग मात्र ०.५ प्रतिशतभन्दा धेरै शेयर रहेको देखिएको हो।

बैंकमा लक्ष्मी कर्प नेपाल प्रालीको सर्वाधिक ७.७४ प्रतिशत शेयर स्वामित्व रहेको छ भने राजेन्द्र कुमार खेतानको ६.६९ प्रतिशत स्वामित्व रहेको छ। अघिल्लो आर्थिक वर्षमा बैंकमा राजेन्द्र कुमार खेतानको स्वामित्व २.३५ प्रतिशत मात्र रहेकोमा उनले स्वामित्व झन्डै ३ गुणाले बढाएका हुन् । राजेन्द्र खेतानले पछिल्लो समय बैंकका संस्थापक शेयरधनीहरु कैलाश चन्द्र गोयल, श्रवण कुमार गोयल, भोगेन्द्र कुमार गुरागाई र भुशन गुरागाईको स्वामित्वमा रहेको सेयर खरिद गरेका थिए।

बैंकमा नागरिक लगानी कोषको स्वामित्व ४.६५ प्रतिशत, सारिका खेतानको स्वामित्व ४.१७ प्रतिशत, मोतीलाल दुगडको स्वामित्व २.७७ प्रतिशत, मालचन्द दुगडको स्वामित्व २.४० प्रतिशत, रतन लाल संघईको २.३९ प्रतिशत, र गोपीकृष्ण सिकरियाको स्वामित्व २.३५ प्रतिशत रहेको छ। यी सबैको स्वामित्व अघिल्लो आर्थिक वर्षको तुलनामा परिवर्तन भएको छैन ।

बैंकमा पुजा अग्रवाल खेतानको स्वामित्व ०.८६ प्रतिशतबाट बढेर १.९९ प्रतिशत पुगेको छ। त्यस्तै बैंकमा सुरेन्द्रा दुगडको स्वामित्व १.४१ प्रतिशत, विवेक दुगडको स्वामित्व १.२७ प्रतिशत, एमटिसी इन्भेष्टमेन्ट प्रालिको स्वामित्व १.२५ प्रतिशत, तथा बच्छराज तातेडको स्वामित्व १.१५ प्रतिशत रहेको छ।

बैंकमा राष्ट्रिय बीमा संस्थानको स्वामित्व ०.८५ प्रतिशत, भाटभटेनी इन्भेष्टमेन्टको स्वामित्व ०.८४ प्रतिशत, कविता लोहियाको स्वामित्व ०.८२ प्रतिशत, तथा हिमालयन एक्जिम प्रालिको स्वामित्व ०.८० प्रतिशत रहेको छ।

अन्य शेयरधनीको भने ०.८० प्रतिशत भन्दा कम शेयर स्वामित्व रहेको छ । जसमा विवेक तातेड, शौरभ तातेड श्री निवास शारडा, विशाल तातेड, ओम प्रकाश सिकारिया, निधि दुगड, पुजा दुगड, श्रद्धा दुगड, प्रियंका अग्रवाल, सरोज दुगड , सुभम दुगड , राधेश्याम शारडा,  पवन कुमार शारडा , शिव रतन शारडा र मानव अग्रवाल रहेका छन् ।

यस अघि : लक्ष्मी सनराइज बैंकमा खेतान समूहले ह्वात्तै बढायो स्वामित्व, ६ करोड ६० लाख कित्ताको होल्डिङ

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

आज सोमबार सुनको भाउ घटेको छ। आइतबार प्रतितोला २...

एनआईसी एशिया बैंकलाई हकप्रद निष्काशनको लागि राष्ट्र बैंकले दियो स्वीकृति

नेपाल राष्ट्र बैंकले एनआईसी एशिया बैंकलाई हकप्रद निष्काशनको लागि...

घाटामा रहेको कम्पनीले कागजी नाफा देखाएर अब आईपीओ निकाल्न पाउदैन: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले  सरकार अब आईपीओ...

सोपान फर्मास्युटिकल्सको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल

सोपान फर्मास्युटिकल्स लिमिटेडको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल लिमिटेड नियुक्त...

प्रत्येक भूमिहीन नागरिकलाई स्थायी आवास सुनिश्चित गर्छौं: प्रधानमन्त्री शाह

प्रधानमन्त्री वालेन्द्र शाहले प्रत्येक भूमिहीन नागरिकको सुरक्षित, सम्मानजनक र...

अध्यक्षबाट बिदा हुँदै चन्द्र ढकाल, अब अन्जन श्रेष्ठको काँधमा महासंघ

नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षबाट अब चन्द्र ढकाल बिदा...
spot_img