Thursday, June 25, 2026
spot_img

सिटिजन्स बैंकले ८.९९ प्रतिशत ब्याजमा घर कर्जा दिने, ७ वर्षसम्म स्थिर ब्याज 

spot_img
spot_img

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नयाँ घर कर्जा योजना सार्वजनिक गरेको छ ।  आर्थिक वर्ष २०८१/८२ को शुरुवात संगै बैंकले  ‘सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ भन्ने नाराका साथ ७ वर्षको लागि स्थिर रहने गरि ८.९९ प्रतिशत प्रति बर्ष घर कर्जा योजना सार्वजनिक गरेको हो।

बैंकका अनुसार यो योजना अन्तर्गत कायम रहेको व्याजदर ७ बर्ष सम्म स्थिर रहने छ । ७ वर्ष पछि भने बैंकको प्रचलित औसत मासिक आधार दरमा १ प्रतिशत प्रिमियम दर थप गरि ब्याजदर कायम गरिने कुरा बैंकका प्रमुख कर्जा अधिकृत  सुमन मुलेपतिले जानकारी दिए । यस आकर्षक योजनामा सहभागी हुनको लागी नजिकको आफ्नो पायक पर्ने सिटिजन्स बैंकको कुनैपनी शाखा कार्यालयमा पुगेर सुविधा उपभोग गर्न सक्ने उनको भनाई छ।

बैंकका अनुसार यस घर कर्जा सुविधा उपभोग गर्नुहुने ग्राहक महानुभावहरुलाई निःशुल्क क्रेडिट कार्ड,डेविट कार्ड र पहिलो वर्षको लागि लकर सुविधा शुल्कमा ५० प्रतिशत शर्तसहितको छुट रहेको छ ।

बैंकले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६० वटा ए.टि.एम., ३ विस्तार काउन्टर र ९८ वटा शाखा रहित बैंकिङ्ग इकाइहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

 

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

टाइम फर्मास्यूटिकल्स आईपीओ: शेयर मूल्य ६०० रुपैयाँ प्रस्ताव, ३ वर्षमा ६६.३२ प्रतिशत लाभांश

टाइम फर्मास्यूटिकल्स लिमिटेडले बुक विल्डिंग विधिबाट आईपीओ निष्काशन गर्ने...

ट्रान्क्यूुलिटी स्पाद्वारा भैरहवामा आरोग्य जनचेतना तथा पर्यटन प्रवद्र्धन कार्यक्रम आयोजना

ट्रन्क्यूलिटी स्पाले स्पा संघ नेपालको साझेदारीमा र नेपाल पर्यटन...

नेप्सेमा स्नो रिभर्सको शेयर सूचीकृत, कुन मूल्यमा हुन्छ पहिलो कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा स्नो रिभर्स लिमिटेडको शेयर सूचीकृत...

मातृभूमि लघुवित्तले एफपीओपछि शतप्रतिशत हकप्रद निष्काशन गर्ने

मातृभूमि लघुवित्तले एफपीओपछि शतप्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ।...

‘स्काईवेल’को आधिकारिक बिक्रेताबाट हटाईएको बिजनेशपानाको समाचारमा जी मोटर्सको खण्डन

बिजनेशपानाले मिति २०८३ असार ९ गते चिनियाँ विद्युतीय सवारी ब्राण्ड...

सुनचाँदीको भाउमा भारी गिरावट

आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार प्रतितोला...
spot_img