संचालनमा रहेका २० वटा वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो महिनासम्ममा अर्थात् भदौसम्म १६ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।
अघिल्लो आर्थिक वर्षको भदौसम्म तुलनामामा वाणिज्य बैंकहरुको खुदनाफा ६.१८ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। अघिल्लो आर्थिक वर्षको भदौसम्ममा बैंकहरुको खुद नाफा १७ अर्ब ६९ करोड २१ लाख खुद नाफा कमाएका थिए।
यस अवधिमा प्रतिशतको आधारमा सिद्धार्थ बैंक र एनएमबि बैंकको नाफा सर्वाधिक बढेको छ। यी दुई बैंकको नाफा क्रमश ४०.१८ प्रतिशत र ३२.१४ प्रतिशतले बढेको छ।
त्यस्तै रकमको तुलनामा ग्लोबल आईएमई बैंक र नबिल बैंकले सर्वाधिक नाफा कमाएका छन् । यी दुई बैंकको खुद नाफा क्रमश १ अर्ब ६२ करोड ८२ लाख र १ अर्ब ३२ करोड ७१ लाख रहेको छ ।
यस अवधिमा १० बैंकको खुद नाफा बढेको छ १० बैंकको नाफा घटेको छ। जस मध्ये हिमालयन बैंकको खुद नाफा सर्वाधिक ६८.२६ प्रतिशतले घटेको छ भने नेपाल एसबिआई बैंकको खुद नाफा ३३.५९ प्रतिशतले घटेको छ ।
हेर्नुस् वाणिज्य बैंकको आर्थिक वर्ष २०८१/८२ र २०८२/८३ को भदौ महिनासम्मको खुदनाफाको विवरण । सबै रकम रु. १० लाखमा देखाईएको छ।













