सानिमा बैंकले लाभांश घोषणा गरेको छ । बैंकको असोज ३ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।
जस अनुसार बैंकले हाल कायम चुक्ता पुँजीको ७.३६८५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ। हाल बैंकको चुक्ता पुँजी १३ अर्ब ५८ करोड १५ लाख रहेको छ। बैंकले कुल १ अर्ब ७ लाख ५४ हजार ७ सय ५० रुपैयाँ १५ पैसा बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।











