spot_img

सिटिजन्स बैंकद्वारा बागमती प्रदेशमा पर्फरमेन्स एण्ड एक्शिलेन्ससम्बन्धि सेमिनार सम्पन्न

spot_img

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बागमती प्रदेशमा आफ्ना प्रदेश प्रमुख, क्लस्टरहेड, शाखा–प्रबन्धक तथा अन्य सहकर्मीहरू माझ “ईम्पावरिङ्ग लिडरसिप् इन् बागमती ः अ सेमिनार फर पर्फरमेन्स एण्ड एक्शिलेन्स” कार्यक्रम आयोजना गरेको छ । सो सेमिनार बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल ,उप–प्रमुख कार्यकारी अधिकृत र वरिष्ठ कार्यकारीहरूका उपस्थितिमा सम्पन्न भएको हो।

बैंकका अनुसार सेमिनारमा गत आर्थिक बर्षको कार्य प्रगति समिक्षा एवं चालु आर्थिक वर्षका प्राथमिकताहरूमा छलफल गर्दै केन्द्र र प्रदेश बीच सहकार्य सुदृढ गर्ने विषयमा गहिरो अन्तरक्रिया भएकोे छ । हालै मधेश प्रदेशमा यस्तै प्रकारको सेमिनार सञ्चालन गरिएको थियो, त्यसैको निरन्तरता स्वरूप बागमती प्रदेशमा त्यसै किसिमको सेमिनार गरिएको र अरु प्रदेशहरूमा पनि यसै गरी क्रमश आयोजना गरिने बैंकले जनाएको छ ।

बागमती केन्द्रित भएको यो कार्यक्रम जस्तै अन्य प्रदेशमा पनि प्रदेश स्तरमा कार्यक्रम गरिने योजना बैंकले उल्लेख गरेको छ ।  बैंकले आर्थिक वर्ष २०८१÷८२ को असार मसान्तसम्म कर्जा, निक्षेप, खुद ब्याज आम्दानी जस्ता सूचकमा दोहोरो अंकको वृद्धि गर्दै कोषको लागत घटाउने, बेस रेट कम गर्ने तथा कर्जा जोखिम व्यवस्थापनमा उल्लेखनीय सुधार गर्ने सफलता हासिल गरेको छ ।

बैंकका अनुसार समिक्षा अवधिभरमा बैंककोे कर्जा प्रवाहमा ११.१५ प्रतिशत वृद्धि बढ्दै १ खर्ब ७५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । यस अघि २०८०÷८१ को असार मसान्तमा यो रकम १ खर्ब ५७ अर्ब ५८ करोड रुपैयाँ थियो । निक्षेप संकलनमा पनि ११.६९ प्रतिशतको वृद्धि भएको छ, जसले कुल २ खर्ब १४ अर्ब ८ करोड रुपैयाँको निक्षेप संकलन पुर्याएको छ । यो अघिल्लो वर्षको तुलनामा करिब २२ अर्ब रुपैयाँ बढी हो । खुद व्याज आम्दानीमा ११.२० प्रतिशतको वृद्धि हुँदै यो रकम ६ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८१.९१ प्रतिशत रहेको छ, जसले बैंकको तरलता व्यवस्थापन सन्तुलित भएको देखाउँछ । यस अवधिमा सम्पत्ति प्रतिफल दर ९च्इब्० ०.५५ प्रतिशत र पुँजी प्रतिफल दर ५.८१ प्रतिशत कायम भएको छ ।

बैंकलेले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

काठमाडौँका विभिन्न स्थानमा १२ दिन ५ घण्टासम्म विद्युत कटौती हुने

काठमाडौं उपत्यकाको भूमिगत विद्युत वितरण प्रणालीलाई सञ्चालनमा ल्याउन तथा...

विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानून संशोधनको तयारी

सरकारले विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानून संशोधनको...

रारा चाउचाउ गुणस्तरयुक्त नभएको भन्दै बजारबाट फिर्ता गर्न निर्देशन

रारा ब्रान्डको तयारी चाउचाउ गुणस्तरहीन पाइएको छ । खाद्य प्रविधि...

ग्लोबल आइएमई क्यापिटलको साधारणसभा सम्पन्न, २५ प्रतिशत लाभांश पारित

ग्लोबल आइएमई क्यापिटल लिमिटेडको १९ औं वार्षिक साधारणसभा आज...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सका सीईओ क्षेत्री AIRDC को उपाध्यक्षमा निर्वाचित

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) का प्रमुख कार्यकारी...