Tuesday, July 15, 2025

नेपाल एसबिआई बैंकद्वारा नेपाल प्रहरीलाई उद्वार सामाग्रीहरु प्रदान

spot_img
spot_img

नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत नेपाल प्रहरी प्रधान कार्यालय, नक्साल, काठमाडौंलाई ¥याफ्ट बोट तथा उद्वार सामाग्रीहरु प्रदान गरेको छ ।

कार्यक्रममा बैंकका अध्यक्ष जयती बन्सलले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक शिद्धी बिक्रम शाहलाई औपचारिक रुपमा उक्त सामाग्रीहरु हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रममा नेपाल एसबिआई बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारी, संचालक रितेश सिन्हा, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत विकास आनन्द, प्रमुख वित्तिय अधिकृत राजेश कुमार पंडा, प्रमुख जोखिम अधिकृत विष्णुदेव यादव, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत रितेश अर्याल तथा नेपाल प्रहरीका वरिष्ठ पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो । बैंकले प्राकृतिक बिपद् न्यूनिकरण तथा व्यवस्थापनका लागि समय समयमा यस्ता गतिविधिहरु गर्दै आइरहेकोे छ ।

नेपाल एसबिआई बैंक लि.ले बिगत ३१ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img

सार्वजनिक यातायात क्षेत्रका दुइ महासंघबीच एकता गर्ने तयारी

सार्वजनिक यातायात क्षेत्रका दुइ ठूला छता संगठनबीच एकताको तयारी...

आईपीओको तयारीमा रहेको महानगर यातायातले १२ वटा विद्युतीय बस सञ्चालनमा ल्याउँदै

काठमाडौँको ‘रिङ– रोड’मा सार्वजनिक यातायात सेवा दिँदै आएको महानगर...

ओझा निलम्बनमा परेपछि बीमा प्राधिकरण अध्यक्षमा पोखरेल, लिए सपथ

अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले नेपाल बीमा प्राधिकरणको अध्यक्षको...

 माछापुच्छ्रे क्यापिटलद्वारा श्रम राष्ट्रिय माध्यमिक विद्यालयलाई कम्प्युटर सहयोग

माछापुच्छ्रे क्यापिटल लिमिटेडले श्रम राष्ट्रिय माध्यमिक विद्यालयलाई कम्प्युटर सहयोग...

ईभीको बढ्दो दुर्घटनाः प्रविधि असुरक्षित होइन, दोष कसको ?

अहिले सामाजिक सञ्जालमा विद्युतीय सवारी साधनको दुर्घटनालाई अस्वभाविक रुपमा...

एनआरएनए जापानको अध्यक्षमा सिद्धार्थ श्रेष्ठको उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्षमा सिद्धार्थ श्रेष्ठले उम्मेदवारी...
spot_img