बाढी प्रभावितले किस्ता तिर्नको लागि पाए थप समय

spot_img
spot_img

नेपाल राष्ट्र बैंकले भोटेकोशी तथा बुढीगण्डकी बाढी प्रभावितलाई केही राहत दिएको छ। राष्ट्र बैंकले भोटेकोशी तथा बुढीगण्डकीको बाढीग्रस्त क्षेत्रमा प्रत्यक्ष असर परेका उद्यम, परियोजना वा व्यवसाय, रसुवा भन्सार नाकाबाट हुने कच्चा पदार्थ, अर्ध-तयारी तथा तयारी मालबस्तुको आयात वा निर्यातमा आधारित व्यवसाय एवं बाढीग्रस्त क्षेत्रमा प्रभावित ऋणीको हकमा किस्ता बुझाउने समय थप गरिदिएको हो ।

जस अनुसार उनीहरुको बिक्री तथा आम्दानी, नगद प्रवाह, जगेडामा रहेको रकम लगायतका ऋणीको वित्तीय अवस्था, आयात एवं निर्यातमा परेको असर र कर्जा सदुपयोगिताको यथार्थपरक विश्लेषण गरी किस्ता भुक्तानी गर्न कठिनाई भएका ऋणीको २०८३ असोज मसान्तमा किस्ता (साँवा र / वा ब्याज) भुक्तानी गर्ने समयावधि इजाजतपत्रप्राप्त संस्थाले २०८३ पुस मसान्तसम्म थप गर्न सकिनेछ।

यसबारेको निर्णय बैंक तथा वित्तीय संस्था आफैले गर्न सक्ने छन् । पूर्वाधार विकास बैंक, वाणिज्य बैंक, विकास बैंक, फाइनान्स र लघुवित्तबाट ऋण लिएकालाई यो व्यवस्था लागु हुनेछ ।

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बाढी प्रभावितलाई ४५ हजार रुपैयाँका दरले नगद वितरण

सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र...

विद्युत व्यापारका लागि निजी क्षेत्रलाई एलओआई दिने तयारी भइरहेको छः मन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् व्यापारमा...

कुमारी बैंकको लाभांश पारित

कुमारी बैंकको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।...

पोखरा–दुबई उडानका लागि एक वर्षको टिकट बुकिङ खुला

फ्लाई दुबईले असोज ७ गतेदेखि सुरु गरेको दुबई–पोखरा–दुबई उडान...

नेपालबाट बाहिरियो मनसुन, दशैँमा पानी पर्ने सम्भावना के छ ?

असार ५ गते भित्रिएको मनसुन पूर्णरुपमा बाहिरिएको छ ।...

३ दिनमा ७ हजारले सस्तियो सुन

पछिल्लो ३ दिनमा सुनको भाउ ७ हजार रुपैयाँले घटेको...