Wednesday, August 5, 2026
spot_img

२०८३ सालमा हुने बैंक बिदाको सूची सार्वजनिक

spot_img

नेपाल राष्ट्र बैंकले आगामी वर्ष २०८३ सालमा हुने बैंक बिदाको सूची सार्वजनिक गरेको छ । जसअनुसार वर्ष २०८३ मा २९ दिन बैंक बिदा हुनेछन् ।

वैशाख १ गते नयाँ वर्ष २०८३ सुरु हुने भएकाले त्यो दिन बैंक बिदा हुनेछ । राष्ट्र बैंकका अनुसार वैशाख १८ गते (मे १) विश्व मजदुर दिवस, जेठ १५ गते गणतन्त्र दिवस, भदौ १३ गते गाईजात्रा र भदौ १९ गते श्रीकृष्ण जन्माष्टमीका दिन बैंक बिदा छ ।

भदौ २९ गते हरितालिका तीज, असोज ३ गते संविधान दिवस, असोज ९ गते इन्द्रजात्रा (काठमाडौं उपत्यका) मा बैंक बिदा हुनेछ भने असोज १८ गते जितिया पर्वका दिनमा भने बैंकहरूले आवश्यकता अनुसार पूर्ण बिदा दिन वा आंशिक सेवा सञ्चालन गर्न सक्नेछन् ।

यस्तै, असोज २५ गते घटस्थापनाका दिन बैंक बिदा छ । असोज ३१ गते फूलपातीदेखि कार्तिक ६ गते द्वादशीसम्म बैंक बिदा रहनेछ ।

तिहारमा भने कार्तिक २२ गते लक्ष्मीपूजादेखि कात्तिक २६ गते भाइटिकाका दिनसम्म बैंक बिदा रहनेछ ।

यसपछि छठ पर्वमा पनि बैंक बिदा छ । अरु धार्मिक तथा जातीय पर्वमा आंशिक सेवा दिन सक्नेछन् । सरकारले तोक्ने सार्वजनिक बिदामा भने आवश्यकताअनुसार निर्णय हुनेछ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

धितोपत्र बोर्डद्वारा प्राथमिक बजार सुधार सहजीकरण कार्यदल गठन

नेपाल धितोपत्र बोर्डले प्राथमिक बजारलाई थप पारदर्शी, विश्वसनीय र...

शेयरबजार सुधार योजना कार्यान्वयनका लागि समन्वय समिति गठन

नेपाल धितोपत्र बोर्डले धितोपत्रको दोश्रो बजार सुधार योजना कार्यान्वयनका...

बीमा क्षेत्रमा NFRS 17 कार्यान्वयनबारे लेखामान बोर्ड र बीमा प्राधिकरणबीच छलफल 

नेपाल लेखामान बोर्डका अध्यक्ष रमेश कुमार धिताल र नेपाल...

थपिँदै ‘मेची क्राउन’को प्रतिस्पर्धी, होटल इस्टर्नले खोस्ला बिजनेश ?

झापास्थित होटल ‘मेची क्राउन’ले अहिले त्यस क्षेत्रमा आफ्नो दबदबा...

समस्याग्रस्त सहकारीका थप ३४१ जना बचतकर्ताको रकम फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले कान्तिपुर सेभिङ र पशुपति सहकारीका...

‘एक महिनाका लागि पुग्ने ग्यास छ भने लाइन नबसिदिनु’

एलपी ग्यास उद्योग संघले एक महिनाका लागि पुग्ने ग्यास...
spot_img