Wednesday, August 5, 2026
spot_img

राष्ट्र बैंकका दुवै डेपुटी गभर्नरको कार्यकाल सकियो, यस्तो छ नयाँ नियुक्ति प्रक्रिया

spot_img

नेपाल राष्ट्र बैंकका दुवै डेपुटी गभर्नरको कार्यकाल सकिएको छ। राष्ट्र बैंकमा डेपुटी गभर्नरको रुपमा कार्यरत डा.निलम ढुंगाना र बम बहादुर मिश्रको कार्यकाल आज फागुन २४ गते औपचारिक रुपमा सकिएको हो।

मन्त्रिपरिषदको २०७७ फागुन २५ गते बसेको बैठकले उनीहरुलाई राष्ट्र बैंकको डेपुटी गभर्नर नियुक्त गरेको थियो। डेपुटी गभर्नरको कार्यकाल ५ वर्षको हुने व्यवस्था छ। ५ वर्षे कार्यकाल पुरा गरेर  उनीहरुले अवकाश पाएका हुन्। आज आइतबार सार्वजनिक विदा परेकोले उनीहरुको औपचारिक विदाई कार्यक्रम सोमबारको लागि राखिएको छ ।

अब गभर्नर डा. विश्वनाथ पौडेलले दुई जना डेपुटी गभर्नर नियुक्तिको लागि सरकारलाई सिफारिस गर्ने छन् । नेपाल राष्ट्र बैंक ऐनमा गभर्नरको सिफारिसमा मन्त्रिपरिषदले डेपुटी गभर्नरको नियुक्ति गर्ने व्यवस्था छ ।

डेपुटी गभर्नर नियुक्तिको लागि सिफारिस गर्द  गभर्नरले  विशिष्ट श्रेणीका अधिकृतहरुमध्ये अर्थात् राष्ट्र बैंककै कार्यकारी निर्देशकहरु मध्येबाट कार्यक्षमताको आधारमा रिक्त पदको दोब्बर सङ्ख्यामा नामावली सिफारिस गर्नु पर्ने व्यवस्था छ। अर्थात् दुई जना डेपुटी गभर्नर नियुक्तिको लागि ४ जना कार्यकारी निर्देशकको नाम सिफारिस गर्नु पर्ने छ। हाल कार्यरत १८ जान कार्यकारी निर्देशन नै डेपुटी गर्भनरको सिफारिसको लागि योग्य हुन्छन् ।

प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएर अब नयाँ सरकार गठन हुने भएकोले नयाँ सरकारले नै डेपुटी गभर्नर नियुक्ति गर्ने सम्भावना छ । डेपुटी गभर्नर पदमा नियुक्त भएको व्यक्ति राष्ट्र बैङ्कको सेवाबाट स्वतः निवृत्त हुने व्यवस्था छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

धितोपत्र बोर्डद्वारा प्राथमिक बजार सुधार सहजीकरण कार्यदल गठन

नेपाल धितोपत्र बोर्डले प्राथमिक बजारलाई थप पारदर्शी, विश्वसनीय र...

शेयरबजार सुधार योजना कार्यान्वयनका लागि समन्वय समिति गठन

नेपाल धितोपत्र बोर्डले धितोपत्रको दोश्रो बजार सुधार योजना कार्यान्वयनका...

बीमा क्षेत्रमा NFRS 17 कार्यान्वयनबारे लेखामान बोर्ड र बीमा प्राधिकरणबीच छलफल 

नेपाल लेखामान बोर्डका अध्यक्ष रमेश कुमार धिताल र नेपाल...

थपिँदै ‘मेची क्राउन’को प्रतिस्पर्धी, होटल इस्टर्नले खोस्ला बिजनेश ?

झापास्थित होटल ‘मेची क्राउन’ले अहिले त्यस क्षेत्रमा आफ्नो दबदबा...

समस्याग्रस्त सहकारीका थप ३४१ जना बचतकर्ताको रकम फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले कान्तिपुर सेभिङ र पशुपति सहकारीका...

‘एक महिनाका लागि पुग्ने ग्यास छ भने लाइन नबसिदिनु’

एलपी ग्यास उद्योग संघले एक महिनाका लागि पुग्ने ग्यास...
spot_img