Saturday, August 8, 2026
spot_img

कृषि कर्जा माटो खेलाउनेले पायो कि कागज खेलाउनेले पायो हेर्नु पर्छ: गभर्नर पौडेल

spot_img

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्थाको कर्जा सहि ठाउँमा सदुपयोग हुनु पर्ने बताएका छन्। बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को छैठौं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

कृषि कर्जा दुरुपयोग भईरहेको तर्फ इंगित गर्दै उनले माटो खेलाउनेले कृषि कर्जा पाईरहेको छ वा कागज खेलाउने कृषि कर्जा पाईरहेको छ हेर्नु पर्ने बताए । साथै माटो सुहाउँदो गरि अध्ययन गरेर कृषि ऋण प्रवाह भएको छ वा छैन पनि हेरिने बताए।  कुनै पनि हालतमा बैंकको रकम दुरुपयोग हुन नहुने भन्दै अब ऋण दिने बैंकका म्यानेजरहरुको निष्ठा पनि हेर्ने बताउदै निष्ठावान भएर काम गर्न निर्देशन दिए।

अहिले एनपीएलको ठूलो समस्या रहेको उल्लेख गर्दै गभर्नर पौडेलले साना तथा मझ्यौला कर्जा बिग्रदा समस्या भईरहेको बताए। देश बनाउने हो भने साना तथा मझ्यौला कर्जाको राम्रो सदुपयोग हुनु पर्ने उनको भनाई थियो ।

गभर्नर पौडेलले ऋणको सावाँ ब्याज नउठ्दा गरिने प्रोभिजनको विषयलाई केहि खुकुलो बनाउने बताए। प्रोभिजनलाई कडा बनाउनु हुँदैन भन्दै उनले अन्तराष्ट्रिय अभ्यास बमोजिम परिमार्जन गर्न राष्ट्र बैंक तयार रहेको बताए। त्यस्तै उनले कालोसूचीमा राख्ने प्रावधानलाई पनि परिवर्तन गरिने बताएका छन् । चेक बाउन्सलाई पनि अपधिकारिक क्रियाकलापमा राखिएको भन्दै सुरुमै यसलाई अपराध मान्ने भन्दा पनि कुनै एउटा तहमा पुगेपछि बल्ल अपधिकारिक क्रियाकलापमा राख्न सकिने उनको भनाई थियो ।

गभर्नर पौडेलले अब रिटेल कामहरु बैंकहरुलाई गर्न दिएर राष्ट्र बैंकले केन्द्रीय बैंकको गरिमा कायम गर्ने खालका कार्य मात्र गर्ने गरि तयारी भैरहेको बताए ।

spot_img

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

समस्याग्रस्त ३ सहकारीका १४८ जना बचतकर्ताले पाए रकम फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित ३ वटा सहकारीका...

नाट्टा निर्वाचनमा जिश्वा तुलाधर समूहको प्रतिवद्धता सार्वजनिक

नेपाल एसोसियशन अफ टूर एण्ड ट्राभल एजेन्टस् (नाट्टा)को अध्यक्षमा...

५ सरकारी संस्थान र उद्योगबारे जनतालाई प्रधानमन्त्रीको ‘ब्रिफिङ’

५ वटा सरकारी संस्थानबारे प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत...

करदाता प्रोत्साहन कार्यक्रममा विजेता बनेका दुई जनालाई अर्थमन्त्रीले गरे फोन

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रममा विजेता बनेका...

ग्रिनप्लाई नेपालको विशेष साधारण सभा सम्पन्न, संस्थापक शेयरको मूल्य २२५ निर्धारण

ग्रिनप्लाई नेपाल कम्पनी लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ...

५ रुपैयाँ लाभांश फिर्ता लैजान एनआरएनका लगानीकर्ताले भोग्नु परेको झन्झट

सरकारले गैर–आवसीय नेपालीलाई पुँजीबजारमा भित्र्याउने विषय प्राथमिकताका साथ उठाईरहन्छ...
spot_img