Tuesday, June 9, 2026
spot_img

जोखिमभार, ऋणको सीमा लगायतका विषय गहन छलफलपछि मात्र तय हुन्छ : गभर्नर

spot_img
spot_img

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गहन छलफल गरेर मौद्रिक नीति ल्याउने बताएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्ने आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नितीको लागि सुझाव दिन महासंघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा गभर्नर अधिकारीले मौद्रिक नीति कस्तो आउँछ अहिले बोल्न नमिल्ने भएपनि गहन छलफल पछि  आगामी मौद्रिक नीति आउने बताए।

उनले भने ‘कस्तो नीति कस्तो आउंछ भनेर अगाडी नै बोल्न मिल्दैन , तथ्य तथ्यांकमा आधारित रहेर नीति आउछ, गहन छलफल गरेर नीति आउँछ’।

उनले राष्ट्र बैंकले मौद्रिक नीतिमा सुझाव दिन सल्लाहकार समिति पनि रहेकोले जोखिमभार, ऋणको सीमा लगायतका विषय समितिको सुझाव र गहन छलफलपछि मात्र तय हुने बताए । अर्थतन्त्रको केही पक्ष धेरै सबल रहेको र रियल सेक्टर, निर्माण लगायतका केही क्षेत्रमा दबाब नै रहेकोले अर्थतन्त्रको अवस्था हेरेर अर्थतन्त्र को लागि उपयुक्त हुने नीति ल्याउने उनले उल्लेख गरे । उनले सबै सुझाव महत्वपूर्ण रहेको भए पनि राष्ट्र बैंकले सबै समस्याको समाधान गर्न नसक्ने प्रष्ट पारे ।

उनले ५ करोडसम्मलाई चालू पूँजी कर्जा लागु नहुने प्रष्ट पारे ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

मकालु वाईन इन्डस्ट्रीजले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा रिलायबल क्यापिटल

नेपालको पहिलो वाईन उद्योगका रूपमा परिचित मकालु वाईन इन्डस्ट्रीज...

मन्त्रिपरिषद्को बैठकमै मन्त्री र प्रधानमन्त्रीलाई बाँडियो DDC का उत्पादन

स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवद्र्धन गर्न सरकारले विशेष...

कालंगा हाइड्रोको आईपीओ बुधबार बाँडफाँड हुँदै

कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बुधबार बाँडफाँड...

विश्वकपमा जर्सी स्पोन्सरसिप: एडिडास, नाइकी र पुमा कै दबदबा

क्यानडा, मेक्सिको र अमेरिकामा आयोजना हुने फिफा विश्वकप २०२६...

इप्पान चुनाव: कुल मतदाता ६७१ जना

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले आगामी निर्वाचनको...

प्रधानमन्त्री निवासमा टिभी, फ्रिज, गिजर, वासिङ मेसिन खरिद गर्न १ करोड ४० लाख बजेट

सरकारले प्रधानमन्त्री निवासमा टिभी, फ्रिज, गिजर, वासिङ मेसिन लगायतका...
spot_img