राष्ट्र बैंकको निर्देशक रहेका अनुज दाहाल कार्यकारी निर्देशकमा बढुवा भएका छन् । राष्ट्र बैंकको मानव संशाधन विभागले साउन २० गते उनको बढुवाको निर्णय भएको जनाएको छ।
बढुवा भएपछि उनलाई राष्ट्र बैंकले संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागको जिम्मेवारी दिएको छ । निर्देशक हुँदा उनी वित्तीय संस्था सुरपरिवेक्षण विभागमा थिए ।













