नेपाल राष्ट्र बैंकले राष्ट्रिय वाणिज्य बैंकका सञ्चालक समितिका अध्यक्षहरूसँग छलफल गरेको छ । आ.व. २०८२/८३ का लागि जारी गरेको मौद्रिक नीति, दोस्रो वित्तीय क्षेत्र विकास रणनीति एवम् बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐनको प्रस्तावित परिमार्जन लगायतका विषयमा आज बुधबार राष्ट्र बैंकले वाणिज्य बैंकका सञ्चालक समितिका अध्यक्षहरूसँग छलफल गरेको हो।
छलफलमा राष्ट्र बैंकका गभर्नर, दुवै जना डेपुटी गभर्नरहरु, विभिन्न विभागका कार्यकारी निर्देशकहरु, तथा वाणिज्य बैंकका अध्यक्षहरु सहभागी थिए।
राष्ट्र बैंकले हिजो मंगलबार आ.व. २०८२/८३ का लागि जारी गरेको मौद्रिक नीति, दोस्रो वित्तीय क्षेत्र विकास रणनीति एवम् बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐनको प्रस्तावित परिमार्जन लगायतका विषयमा वाणिज्य बैंकका सीइओहरुसँग छलफल गरेको थियो।













