नेपाल राष्ट्र बैंकले ५० रुपैयाँको नोट छाप्नको लागि टेण्डर आह्वान गरेको छ । बैंकले ५० रुपैयाँ दरको ४२० मिलियन वटा अर्थात् ४२ करोड वटा नोट छाप्न टेण्डर आह्वान गरेको हो ।
राष्ट्र बैंकको मुद्रा ब्यबस्थापन विभागले नोट छाप्न योग्य भेन्डरहरुका लागि अन्तराष्ट्रिय टेण्डर आह्वान गरेको हो । राष्ट्र बैंकले २०२५ सेप्टेम्बर ८ तारिखको दिउँसो १२ बजेसम्म प्रस्ताव पेश गर्न आह्वान गरेको छ । राष्ट्र बैंकले प्रस्ताव पेश गर्दा ४ करोड रुपैयाँ धरौटी राख्नु पर्ने जनाएको छ। सबै भन्दा कम मूल्य कबुल गर्नेलाई राष्ट्र बैंकले नोट छाप्ने ठेक्का दिने छ ।
यस टेण्डरमा यस अघि राष्ट्र बैंकले योग्य रहेको भनि सूची प्रकाशन ६ वटा कम्पनीले मात्र सहभागिता जनाउन सक्ने छन् । राष्ट्र बैंकले नोट छाप्नको लागि निवेदन पेश गरेका मध्ये ६ वटा कम्पनी मात्र योग्य रहेको भन्दै ति कम्पनीको सूची यस अघि नै सार्वजनिक गरेको थियो । ति ६ कम्पनीले मात्र टेण्डर प्रक्रियामा सहभागी हुन पाउने छन् ।
यी हुन् नोट छाप्न योग्य रहेका कम्पनी :
१. China Banknote Printing and Minting Corporation, China
२. De La Rue International Limited, United Kingdom
३. Giesecke+Devrient Currency Technology GmbH, Germany
४. Joint Stock Company “Goznak”, Russia
५. Oberthur Fiduciaire SAS, France
६. Polish Security Printing Works (PWPW S.A.), Poland













