Wednesday, May 6, 2026
spot_img
spot_img

कर्जाको माग बढाउने गरि आगामी आवको मौद्रिक नीति आउनुपर्छः योजना आयोग सदस्य श्रेष्ठ

spot_img
spot_img

राष्ट्रिय योजना आयोगका सदस्य प्रकाशकुमार श्रेष्ठले रियल सेक्टर विस्तारमैत्री मौद्रिक नीति ल्याउनुपर्ने वताएका छन् । नविल बैंकको सहयोगमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज ) ले काठमाडौंमा आयोजना गरेको दुई दिने ‘एडभान्स बैकिङ ट्रेनिङ फर इकोनोमिक जर्नालिष्ट’ कार्यक्रमको शुक्रबार उद्घाटन समारोहमा बोल्दै डा.श्रेष्ठले आर्थिक समृद्धिका लागि रियल सेक्टर विस्तार अपरिहार्य रहेको बताए । कार्यक्रम शनिबारसम्म हुनेछ ।

उनले आर्थिक शिथितलाको असर बैकिङ क्षेत्रमा परिरहेको बताए । ‘रियल सेक्टर विस्तार गर्न नसक्दा त्यसको असर बैंकमा पनि देखिन थालेको छ । यसका लागि रियल सेक्टरलाई थप विस्तार गर्नुपर्छ,’ उनले भने ।
उनले कर्जाको माग बढाउने गरी आगमी मौद्रिक नीति ल्याउनुपर्ने बताए । ‘अहिले पनि बैंकहरुका सात खर्ब रुपैयाँ बराबरको कर्जा योग्य रकम रहेकोछ । त्यो अवस्था कर्जाको माग बढाउने गरी आगमी मौद्रिक नीति ल्याउनुपर्ने छ,’ उनले बताए । उद्योग क्षेत्रलाई चलायमान बनाउन सकेमा कर्जाको माग स्वतः बढ्ने उनको भनाइ छ ।

हाल नेपाल राष्ट्र बैंकले आगामी आर्थिक बर्षको मौद्रिक नीति निर्माणको तयारीमा छ । डा. श्रेष्ठले मौद्रिक नीतिले उद्यमक्षेत्रलाई कर्जा उपयोगमा सहजीकरण गर्ने गरी मौद्रिक नीति आउनुपर्ने बताए ।

‘अहिले नबिल बैंकले उद्यमी कर्जा सञ्चालन गरिरहेको छ । यस्तै प्रकारका कर्जालाई अन्य बैंकहरुले प्राथमिकतामा राखेर कर्जा प्रवाह गरेमा समग्र अर्थतन्त्रलाई नै सकारात्मक प्रभाव पार्छ,’ उनले भने ।
सरकारले पर्याप्त खर्च गर्न नसक्दा आन्तरिक कर्जाको माग बढ्न नसकेको उनले बताए ।

सरकारी खर्च गर्ने चक्रलाई बिगारेको उल्लेख गर्दै उनले सरकारले वित्तीय खर्चलाई सुधार गर्दै आन्तरिक ऋण पनि बढाउनुपर्ने बताए ।

यस्तै, उनले आर्थिक पत्रकारहरुको क्षमता बढ्दै गएको बताए । ‘पहिला पत्र पत्रिकामा आर्थिक बिषय बस्तुले प्राथमिकता पाउने थिएनन् । अहिले सञ्चार माध्ययममा आर्थिक समाचारहरु व्यापाक रुपमा देख्न पाइन्छ,’ उनले भने, ‘साथै, आर्थिक पत्रकारहरुको क्षमता पनि बृद्धि हुँदै गएको देखिन्छ । पहिला आर्थिक बिषयमा बुझेका पत्रकार कम थिए । अहिले यस बिषयमा पत्रकारहरु सक्षम हुँदै गएका छन् ।’

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

पठाओबाट बाहिरिए असीम मान सिंह बस्न्यात

नेपालमा राइड–सेयरिङको कल्चर विकास गर्न महत्वपूर्ण भूमिका खेल पठाओ...

वस्तुगत तर्फबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचितहरुको सूची सार्वजनिक

नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत तर्फको सदस्य पदको मतपरिणाम...

महासंघको वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ निर्वाचित

नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ विजयी...

एसोसियटतर्फ सचिन ढकाललाई सर्वाधिक मत, कसले कति ल्याए ?

नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा...

महासंघको जिल्ला नगर उपाध्यक्षमा दिलसुन्दर र कृष्णप्रसाद निर्वाचित

नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगर उपाध्यक्षमा कृष्णप्रसाद शर्मा...

वैदेशिक रोजगारीमा रहेकाले माउण्ट एभरेष्ट पावरको आईपीओ भर्ने आज अन्तिम दिन

माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले वैदेशिक रोजगारीमा नेपालीलाई निष्काशन...
spot_img