Wednesday, May 6, 2026
spot_img
spot_img

सिबिफिनले भन्यो ‘बैंकिङ क्षेत्रको सुधारका लागि उपसमितिको गठन गर्नु ऐतिहासिक कदम’

spot_img
spot_img

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले बैंकिङ क्षेत्रको सुधारका लागि उपसमितिको गठन गर्नु नेपाल राष्ट्र बैंकको ऐतिहासिक कदम भएको जनाएको छ। नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नरको विशेष पहलमा बैंकिङ क्षेत्रका वस्तुगत समस्या एवं चुनौतीहरुको पहिचान र ठोस समाधानसहितका सुझाव पेश गर्नका लागि गठित सुझाव समितिको सिबिफिनले स्वागत गरेको हो।

नेपालको बैंकिङ इतिहासमा पहिलोपटक बैंकिङ क्षेत्रको सुधारमा केन्द्रित रहेर राष्ट्रियस्तरमा उपसमितिको गठन गर्नु ऐतिहासिक कदम भएको सिबिफिनको निष्कर्ष रहेको छ । सरोकारवालाहरुसँग सघन छलफल तथा संवाद गर्दै बैंकिङ क्षेत्रमा उत्पन्न समस्या एवं चुनौतीहरुको चुरोमा पुगेर वास्तविक वस्तुस्थिति बुझ्नका लागि नेपाल राष्ट्र बैंकबाट भइरहेको स्थलगत भ्रमण तथा अध्ययन, व्यवस्थापन÷सुपरिवेक्षणलाई प्रभावकारी बनाउने र विगतका नीतिहरुको समीक्षा गर्ने, हालै जारी वित्त नीतिको मर्म, वर्तमान आवश्यकता एवं अपेक्षाका आधारमा समयसापेक्ष मौद्रिक नीति ल्याई अर्थतन्त्र र वित्तीय क्षेत्रका समस्याहरुको निदान गर्ने गरी गभर्नरबाट व्यक्त भएका दुरगामी अभिव्यक्ति तथा सोअनुसार चालिएका सुधारमुखी पहलहरुले मुलुक अब आर्थिक एवं बैंकिङ क्षेत्रको सुधार तथा दिगो विकासको युगमा प्रवेश गरेको सिबिफिनले विश्वास लिएको जनाएको छ ।

सिबिफिनका कार्यवाहक अध्यक्ष राजेश उपाध्यायद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘आर्थिक एवं बैंकिङ क्षेत्रमा गहिरो अध्ययन तथा फराकिलो ज्ञान तथा अनुभव हासिल गर्नुभएका, केन्द्रीय बैंकभन्दा बाहिरका र निजीक्षेत्रको समेत अनुभव प्राप्त प्रतिष्ठित विषयविज्ञहरु समेत सम्मिलित उक्त सुझाव उपसमितिले अर्थतन्त्र र बैंकिङ क्षेत्रमा विकसित पछिल्ला घटनाक्रम, वस्तुनिष्ठ अवस्था, समस्या एवं चुनौतीसहित वित्तीय प्रणालीका वास्तविक पीडाबिन्दुका बारेमा सरोकारवालाहरुसँंगको छलफलबाट पहिचान गरी ठोस सुझाव दिने, नियामकीय सुधार, प्रणालीगत परिवर्तनका लागि आधार तय गर्ने र नीति निर्माणका लागि मार्गदर्शन हुनेमा सिबिफिन पूर्ण विश्वस्त रहेको छ ।’

उपसमितिले गर्ने हरेक अध्ययन, अनुसन्धान, छलफल तथा संवादका प्रक्रियाहरुमा सामेल भइ खोजमूलक अध्ययनको आधारमा तर्कपूर्ण सुझावहरुको साथमा उपसमितिसमक्ष आवश्यक समन्वय, सहजीकरण र सहयोग गर्न तथा अभिभावकीय संस्था – नेपाल राष्ट्र बैंकले लिएका र लिने दुरगामी योजना तथा नीतिहरुको कार्यान्वयनमा अभिन्न सहयोगीको भूमिका निर्वाह गर्न सदैव तत्पर रहने प्रतिबद्धता सिबिफिनले व्यक्त गरेको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

पठाओबाट बाहिरिए असीम मान सिंह बस्न्यात

नेपालमा राइड–सेयरिङको कल्चर विकास गर्न महत्वपूर्ण भूमिका खेल पठाओ...

वस्तुगत तर्फबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचितहरुको सूची सार्वजनिक

नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत तर्फको सदस्य पदको मतपरिणाम...

महासंघको वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ निर्वाचित

नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ विजयी...

एसोसियटतर्फ सचिन ढकाललाई सर्वाधिक मत, कसले कति ल्याए ?

नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा...

महासंघको जिल्ला नगर उपाध्यक्षमा दिलसुन्दर र कृष्णप्रसाद निर्वाचित

नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगर उपाध्यक्षमा कृष्णप्रसाद शर्मा...

वैदेशिक रोजगारीमा रहेकाले माउण्ट एभरेष्ट पावरको आईपीओ भर्ने आज अन्तिम दिन

माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले वैदेशिक रोजगारीमा नेपालीलाई निष्काशन...
spot_img