Wednesday, May 6, 2026
spot_img
spot_img

गभर्नर पौडेलको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता

spot_img
spot_img

नेपाल राष्ट्र बैंकका नव नियुक्त गभर्नर डा. विश्वनाथ पौडेलको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । आज अधिवक्ता विशाल थापा समेतले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, अर्थ मन्त्रालय, गभर्नर सिफारिस समिति, राष्ट्र बैंक, र गभर्नरमा नियुक्ति पाएका डा. विश्वनाथ पौडेललाई विपक्षी बनाएर रिट दर्ता गराएका हुन् ।

रिट निवेदन उनको योग्यता नपुग्ने जिकिर गरिएको छ । उनीसँग मौद्रिक, वाणिज्य वा बैंकिङ क्षेत्रको औपचारिक योग्यता नभएको उल्लेख गरिएको छ।

गभर्नर सिफारिस समितिको सदस्यले राजीनामा दिने व्यवस्था कानून मै नरहेको, तथा गभर्नर नियुक्त भएका उनले राजनीतिक पार्टीबाट चुनाव लडेकोले सुशासनको धज्जी उडाएर गभर्नर नियुक्त गरिएको उल्लेख छ । रिटमा उनको नियुक्ति बदर गर्न र मुद्दाको अन्तिम किनारा नलागेसम्म नोटमा हस्ताक्षर गर्ने लगायतका गम्भीर राष्ट्रिय महत्त्वको विषयमा गभर्नरको हैसियतले कुनै पनि कार्य सम्पादन नगर्न नगराउनको अन्तरिम आदेशको माग गरिएको छ ।

यो रिटको पेशी बुधबारको लागि तोकिएको छ ।

 

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

एसोसियट मतगणनाः १००० भोट गनिसक्दा प्रबलजंगलाई १४० मतको अग्रता

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन अन्तर्गत अहिले मतगणना भइरहेको...

ब्रोकर संघका अध्यक्ष सागर ढकाल महांसघको केन्द्रीय सदस्य निर्वाचित

युवा व्यवसायी सागर ढकालले नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा...

तोलामा ५८ सयले महँगियो सुन

आज बुधबार सुनचाँदीको भाउ बढेको छ । मंगलबार प्रतितोला...

एनएमबि लघुवित्तको  सीईओमा सजल खड्का नियुक्त

एनएमबि लघुवित्त वित्तिय संस्थाको  प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सजल...

पठाओबाट बाहिरिए असीम मान सिंह बस्न्यात

नेपालमा राइड–सेयरिङको कल्चर विकास गर्न महत्वपूर्ण भूमिका खेल पठाओ...

वस्तुगत तर्फबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचितहरुको सूची सार्वजनिक

नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत तर्फको सदस्य पदको मतपरिणाम...
spot_img