नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा डा.विश्वनाथ पौडेल नियुक्त भएका छन्। आज बसेको मन्त्रिपरिषदको बैठकले पौडेललाई राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको हो । उनको कार्यकाल ५ वर्षको हुने छ।
अब उनले बुधबार सपथ लिएर बुधबार नै पदभर ग्रहण गर्ने छन् । उनलाई सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पद तथा गोपनियताको सपथ दिलाउने छन्। राष्ट्र बैंकको गभर्नरलाई सर्वोच्चका प्रधानन्यायधीशले सपथ खुवाउने व्यवस्था छ। त्यसको लागि गभर्नर सर्वोच्च अदालत पुग्ने गर्छन् । सपथ लिएर राष्ट्र बैंकको बालुवाटार स्थित केन्द्रीय कार्यालयमा गभर्नर पौडेलले पदभार ग्रहण गर्ने छन् ।
यस अघि आज नै बसेको गभर्नर सिफारिस समितिको बैठकले गभर्नरको लागि ३ जनाको नाम सिफारिस गरेको थियो। जसमा डा. पौडेलको नाम एक नम्बरमा सिफारिस भएको थियो। पौडेलसंगै हाल कामु गभर्नरको जिम्मेवारीमा रहेकी डेपुटी गभर्नर डा. निलम तिम्सिना र पूर्व सचिव दिनेश भट्टराईको नाम सिफारिस भएको थियो। ति मध्येबाट पौडेल गभर्नर नियुक्त भएका हुन् ।
को हुन् पौडेल ?
अर्थशास्त्री रहेका पौडेलले सन् २०१० मा अमेरिकाको युनिभर्सिटी अफ क्लालिफोर्निबाट एग्रिकल्चर एण्ड रिसोर्स इकोनोमिक्समा पीएचडी गरेका छन्। सन् २०१२ मा उनी सानिमा बैंकको संचालक समिति सदस्य बनेका थिए।
डिसेम्बर २०१२ देखि उनले विश्वबैंकको लागि कन्सल्टेन्टको रुपमा पनि काम गरे । २०७८ मा सरकारले उनलाई राष्ट्रिय योजना आयोगका उपाध्यक्ष नियुक्त गरेको थियो। तर उनी पछि सो पदबाट राजीनामा दिएर २०७९ मा प्रतिनिसभा निर्वाचन लड्न चितवन गए । चितवन क्षेत्र नम्बर एक बाट प्रतिनिधिसभा निर्वाचन लडेका उनी तेस्रो स्थानमा रहदै पराजित भए। त्यसपछि उनी काठमाडौँ विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टमा प्रोफेसरको रुपमा अध्यापन पेशामा संलग्न थिए।
उनीसँग सन् २०१८ देखि सन् २०२० सम्म अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को आर्थिक सल्लाहकारको रुपमा काम गरेको अनुभव पनि छ । उनी सानिमा मिडिल तमोर हाइड्रोको संचालक पनि भएका थिए। उनी युलेन्स एजुकेसन फाउन्डेसनको बोर्ड अफ ट्रस्टि थिए । उनको अर्थतन्त्र सम्बन्धि कैयौ लेख, र जर्नलहरु प्रकाशित छन् ।
@businesspana डा.विश्व पौडेल नयाँ GOVERNOR #NEPALRASTRABANK #bishwopoudel #governor #newgovernorofnepal ♬ original sound – Businesspana
यो पनि : डा. विश्व पौडेल: सानिमा बैंकको संचालकदेखि केन्द्रीय बैंकको गभर्नरसम्म













