समृद्धि फाइनान्सले अनलाईन प्रणाली मार्फत धितो बन्धक रोक्का र फुकुवा सेवा सूचारु गरेको छ । फाइनान्सले भूमि व्यवस्थापन तथा अभिलेख विभागसंग समझदारी गरेर यो सेवा सुरु गरेको हो ।
समझदारी पत्रमा फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार घिमिरे र भुमि व्यवस्थापन तथा अभिलेख विभागको तर्फबाट महानिर्देशक शिव प्रसाद रेग्मीले हस्ताक्षर गरेका छन्। यस अघि जग्गा धनी, ऋणी र वितीय संस्थाको प्रतिनिधी समेतको भौतिक उपस्थितिमा भूमि सुधार मालपोत कार्यालयको रहोबरमा धितो बन्धकी लिखित पारित गरिदै आएकोमा अब उपरान्त उक्त कार्य पूर्ण रुपमा सूचना प्रविधिमा आधारित रही भूमि प्रशासन निर्देशिका २०८१ बमोजिम रोक्का, फुकुवा सम्बन्धि सम्पूर्ण कार्यहरु अनलाईन हुने कम्पनीले जनाएको छ ।
फाइनान्सका अनुसार उक्त सुविधा यस फाइनान्सको केन्द्रिय कार्यालय मार्फत नेपाल अधिराज्य भरमा रहेको सम्पूर्ण शाखा कार्यालयहरुको समेत गर्न सकिनेछ । यो संगै ग्राहकले कर्जा उपभोग गर्दा छिटो छरितो तथा सहज रुपमा सेवा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
फाइनान्सले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ ।













