नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा डा.विश्वनाथ पौडेल नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषदको बैठकले पौडेललाई राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको हो । उनको कार्यकाल ५ वर्षको हुने छ ।
यस अघि आज नै बसेको गभर्नर सिफारिस समितिको बैठकले गभर्नरको लागि ३ जनाको नाम सिफारिस गरेको थियो । जसमा डा. पौडेलको नाम एक नम्बरमा सिफारिस भएको थियो। पौडेलसंगै हाल कामु गभर्नरको जिम्मेवारीमा रहेकी डेपुटी गभर्नर डा. निलम तिम्सिना र पूर्व सचिव दिनेश भट्टराईको नाम सिफारिस भएको थियो। ति मध्येबाट पौडेल गभर्नर नियुक्त भएका हुन् ।
को हुन् पौडेल ?
अर्थशास्त्री रहेका पौडेलले सन् २०१० मा अमेरिकाको युनिभर्सिटी अफ क्लालिफोर्निबाट एग्रिकल्चर एण्ड रिसोर्स इकोनोमिक्समा पीएचडी गरेका छन्। सन् २०१२ मा उनी सानिमा बैंकको संचालक समिति सदस्य बनेका थिए ।
डिसेम्बर २०१२ देखि उनले विश्वबैंकको लागि कन्सल्टेन्टको रुपमा पनि काम गरे । २०७८ मा सरकारले उनलाई राष्ट्रिय योजना आयोगका उपाध्यक्ष नियुक्त गरेको थियो। तर उनी पछि सो पदबाट राजीनामा दिएर २०७९ मा प्रतिनिसभा निर्वाचन लड्न चितवन गए । चितवन क्षेत्र नम्बर एक बाट प्रतिनिधिसभा निर्वाचन लडेका उनी तेस्रो स्थानमा रहदै पराजित भए । त्यसपछि उनी काठमाडौँ विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टमा प्रोफेसरको रुपमा अध्यापन पेशामा संलग्न थिए ।
उनीसँग सन् २०१८ देखि सन् २०२० सम्म अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को आर्थिक सल्लाहकारको रुपमा काम गरेको अनुभव पनि छ । उनी सानिमा मिडिल तमोर हाइड्रोको संचालक पनि भएका थिए। उनी युलेन्स एजुकेसन फाउन्डेसनको बोर्ड अफ ट्रस्टि थिए । उनको अर्थतन्त्र सम्बन्धि कैयौ लेख, र जर्नलहरु प्रकाशित छन् ।
@businesspana डा.विश्व पौडेल नयाँ GOVERNOR #NEPALRASTRABANK #bishwopoudel #governor #newgovernorofnepal ♬ original sound – Businesspana













