Friday, July 17, 2026
spot_img

सिंहदरबारमा चर्चा, ‘गभर्नरका लागि सिफारिस हुने ३ जनाको नाम तयार भइसक्यो’

spot_img

गभर्नर सिफारिस समितिका सदस्य डा. विश्वनाथ पौडेलले बिहिबार फेसबुकमा एउटा स्टाटस लेखेका छन् । ‘मलाई खुब चित्त बुझ्ने यौटा संस्कृत पंक्ती छः “अयोग्यः पुरुषो नास्ति योजकस्तत्र दुर्लभः” अथवा, मान्छे अयोग्य कोही हुँदैनन् । तर कसलाई के काम लगाउँदा उपयुक्त हुन्छ भनेर बुझेर लगाउन सक्ने मान्छे भने संसारमा एकदम कम हुन्छन् ।’

उनको यो स्टाटस नेपाल राष्ट्र बैंकको भावी गभर्नर लक्षित हुन सक्ने भन्दै अहिले वित्तीय क्षेत्रमा यसबारे चर्चा भइरहेको छ । उनको उक्त स्टाटसकै चर्चाका बीच प्रधानमन्त्री केपी शर्मा ओली चैत १९ गतेदेखि हुने आफ्नो थाइल्याण्ड भ्रमण अगावै नयाँ गभर्नर नियुक्त गर्ने तयारीमा रहेको चर्चा पनि हुन थालेको छ ।

थाइल्याण्डको औपचारिक भ्रमण तथा बिमस्टेकको छैटौं शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली चैत १९ गते थाइल्याण्ड जाँदैछन् । उनी २३ गतेसम्म थाइल्याण्डमा हुनेछन् । जबकी, राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल चैत २४ गतेसम्म मात्रै छ । यस कारण पनि प्रधानमन्त्रीले नयाँ गभर्नर नियुक्तिका लागि हतारो गरिरहेको सिंहदरबार स्रोतले बताएको छ ।

१७ जनाको दौड, अधिकांश बीचमै थाके

नयाँ गभर्नरको रस्साकस्सीमा सुरुमा १८ जनाको नाम चर्चामा थियो । तर, बहालवाला गभर्नर महाप्रसाद अधिकारीलाई दोहोर्‍याउन प्रधानमन्त्री ओली सकारात्मक नभएपछि सुरुमै ‘रिङ आउट’ हुन पुगे । त्यसपछि १७ जना आकांक्षीबीच दौडधूप सुरु भयो । आकांक्षीहरुले शक्तिकेन्द्र धाएर आफ्नो पक्षमा माहोल सिर्जना गर्ने कसरत थाले । जुन आजसम्म पनि जारी नै छ ।

तर, यस बीचमा अधिकांश आकांक्षी भने थकित देखिएका छन् । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ, पूर्व सचिव रामेश्वर खनाल, लक्ष्मी सनराइज बैंकका अध्यक्ष रमण नेपाल, राष्ट्र बैंकका पूर्व डेपुटी गर्भनर शिवराज श्रेष्ठ र पूर्व कार्यकारी निर्देशक देवकुमार ढकालले दाबेदारी करिब करिब टुङ्ग्याएको स्रोतले बताएको छ ।

यस्तै, राष्ट्र बैंकका सञ्चालक रविन्द्र पाण्डे र शंकर प्रसाद आचार्य, पूर्व राजस्व सचिव लालशंकर घिमिरे, राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक एवम् सिटिजन्स बैंकका पूर्व अध्यक्ष राजनसिंह भण्डारी र नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक गोकर्ण अवस्थीले पनि सुरुमा राम्रै दौडधूप गरेका थिए । तर, अहिले यीनिहरु सबै करिब करिब ‘रिङ आउट’ भइसकेको स्रोतको दाबी छ ।

अब ७ जनाबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । यसमध्ये पनि राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर चिन्तामणी सिवाकोटी ‘टप थ्री’मा पर्ने सम्भावना अत्यन्त कम रहेको स्रोतले बताएको छ । उनीबाहेक ६ जना मध्येबाट ३ जनाको नाम अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले मन्त्रिपरिषदमा सिफारिस गर्ने बताइन्छ ।

एक जना डेपुटी गभर्नरको नाम गभर्नरका लागि अनिवार्य सिफारिस गर्नुपर्ने प्रावधान रहेकाले राष्ट्र बैंककी डेपुटी गभर्नर डा. निलम ढुङ्गाना, अर्का डेपुटी गभर्नर बमबहादुर मिश्रमध्ये एक जना अनिवार्य सिफारिस हुनेछन् ।

बाँकीमा राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट हालै राजीनामा दिएका योजना आयोगका सदस्य डा. प्रकाश श्रेष्ठ, राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट, प्रभू बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतबाट हालै राजीनामा दिएका ज्ञानेन्द्र ढुङ्गाना रहेका छन् ।

तर, सिंहदरबार स्रोतले भने डा. निलम ढुङ्गाना, डा. प्रकाश श्रेष्ठ र ज्ञानेन्द्र ढुङ्गानाको नाम सिफारिस हुने सम्भावना बढी रहेको जनाएको छ । यद्यपी, केही समय अझै बाँकी रहेकाले अन्तिमसम्म नाम थपघट हुन पनि सक्ने बताइन्छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

नेपाल–भारत ऊर्जा सहकार्यमा भएको नयाँ उपलब्धिलाई निक्कीको स्वागत

पोखरामा सम्पन्न नेपाल–भारत ऊर्जा क्षेत्रसम्बन्धी संयुक्त निर्देशक समितिको १३औँ...

शिक्षा मन्त्रीको राजीनामाको माग गर्दै २० दिनदेखि सोनम वाङ्चुक अनसनमा, ९.१ किलो घटे

भारतका जलवायु अभियन्ता, तथा शिक्षाविद् सोनम वाङ्चुक विगत २०...

नयाँ नेतृत्वमा लुम्बिनी विकास बैंक, सीईओ सुमन आचार्यले सम्हाले कार्यभार

लुम्बिनी विकास बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

सरकारी सेवाबाट आएका करारका कर्मचारी आजैदेखि निकालिए, अन्यलाई पनि हटाउने संकेत

सरकारले यस अघि सरकारी सेवामा रहेर हाल करारमा रहेका...

अर्जेन्टिनामाथि फिफाले थाल्यो छानबिन, कारवाहीको सम्भावना

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अर्जेन्टिनामाथि छानबिन थालेको छ...
spot_img