Sunday, February 8, 2026
spot_img

वित्तीय संस्थाको गम्भीर लापरवाही, सपोर्ट नै नहुने विन्डोज ७ मा चलाउछन् कोर बैंकिङ सफ्टवेयर

spot_img
spot_img

केहि बैंक तथा वित्तीय संस्थाले कोर बैंकिङ सफ्टवेयर प्रयोगमा गम्भीर लापरबाही गरेको भेटिएको छ ।  सपोर्ट नै बन्द भईसकेको विन्डोज ७ मा कोर बैंकिङ सफ्टवेयर चलाएर केहि वित्तीय संस्थाले गम्भीर लापरबाही गरेको खुलेको हो ।

नेपाल राष्ट्र बैंकले गरेको सुपरिवेक्षणको क्रममा यस्तो भेटिएको हो । माइक्रोसफ्टले विन्डोज ७ को लागि सम्पूर्ण सपोर्ट बन्द गरिसकेको छ । यसको अर्थ केहि सेक्युरिटी समस्या आएमा विन्डोजले त्यसको लागि कुनै पनि प्रकारको सपोर्ट गर्दैन ।

तर धेरै वित्तीय संस्थाले आफ्नो कोर बैंकिङ सफ्टवेयर विन्डोज ७ मै चलाउने गरेको खुलेको हो । यसो हुँदा कम्प्युटर र सो  कोर बैंकिङ सफ्टवेयरमा मालवेयर अट्याकको सम्भावना रहन्छ ।

त्यस्तै धेरै बैंक तथा वित्तीय संस्थाले आफ्नो एटिएममा एन्टी भाइरस नै इन्स्टल नगरेको खुलेको छ । राष्ट्र बैंकको सुपरिवेक्षणको क्रममा केहि वित्तीय संस्थाले १२ घण्टासम्म शाखामा सुरक्षा गार्ड नै नराख्ने गरेको भेटिएको छ । शाखाहरु १२ घण्टासम्म केन्द्रिय कार्यालयबाट हेरिने सिसिटिभीको भरमा चलेको समेत पाइएको छ।

यति मात्र नभई, धेरै वित्तीय संस्थाहरुमा उनीहरुको डाटा सेन्टरमा पुग्नको लागि एक मात्र कनेक्सन रहेको खुलेको छ । यदी कुनै कारणवश सो कनेक्सनमा समस्या आएमा शाखाका कर्मचारीहरुले आफ्नो व्यक्तिगत मोबाइल चलाई मोबाइल डाटा प्रयोग गरेर कारोबार मिलान गर्ने गरेको पाईएको राष्ट्र बैंकले जनाएको छ। व्यक्तिगत मोबाइलबाट डाटा सेन्टरमा कनेक्सन गराउंदा डाटा सेन्टरमा साइबर सुरक्षाको जोखिम बढ्ने राष्ट्र बैंकले उल्लेख गरेको छ।

बैंकका सञ्चालकले यसरी गर्छन् बदमासी, जाँदै नगएको बैठकको समेत भत्ता लिएको खुलासा

बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरुले विभिन्न तरिकाले बदमासी गर्ने गरेको खुलासा भएको छ । नेपाल राष्ट्र बैंकले गरेको सुपरिवेक्षणको क्रममा बैंक तथा वित्तीय संस्थाका सञ्चालकले मर्यादा विपरित विभिन्न कार्य गर्ने खुलेको हो ।

सुपरिवेक्षणको क्रममा केहि बैंक तथा वित्तीय संस्थाका सञ्चालकले आफु सहभागी नै नभएको सञ्चालक समितिको बैठकबाट बैठक भत्ता लिएको भेटिएको छ । त्यस्तै सञ्चालकहरुले आयोजकबाट निम्तो नै नआई संस्थाको खर्चमा विदेश घुमेको भेटिएको छ । त्यस्ता भ्रमणको लागत र फाइदाको विश्लेषण समेत नगरिएको भेटिएको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

सञ्चालकहरुले आफ्नो व्यवसायमा लगानी गर्नको लागि आफ्ना परिवारको सदस्यको नाममा संस्थाबाट ऋण लिएको भेटिएको छ । साथै आधार र औचित्य बिना नै सञ्चालकहरुले आफ्ना निकटका ऋणीलाई ब्याज छुट र पेनल ब्याज छुट दिने गरेको भेटिएको राष्ट्र बैंकले उल्लेख गरेको छ  ।

त्यस्तै सञ्चालक समितिले गरेको निर्णयको माइन्युट हेर्दा सञ्चालकहरुले पर्याप्त आधार बिना नै निर्णय गरेको भेटिएको छ। निर्णयको औचित्य पुष्टि गर्न नसकिएको राष्ट्र बैंकले फेला पारेको छ ।

अधिकांश संस्थामा संस्थामा आई पर्ने जोखिमहरूको पहिचान, मापन, अनुगमन र नियन्त्रण बारे सञ्चालक समितिमा छलफल नै नहुने गरेको राष्ट्र बैंकले भेटाएको छ । सञ्चालक समितिको बैठकहरु विभिन्न विभागको आवधिक प्रतिवेदनलाई  स्वीकृत गर्ने, नयाँ उत्पादन र क्रेडिट फाइलहरू स्वीकृति गर्ने, र अन्य सामान्य प्रशासनिक कार्य अनुमोदन गर्ने,
भाडा सम्झौता गर्ने, सवारी साधन खरिद गर्ने, ल्यापटप वा कम्प्युटर लगायत सामग्री खरिद गर्नेमा सिमित हुने गरेको सुपरिवेक्षण प्रतिवेदनमा उल्लेख छ।

केहि संस्थाले आफ्नो सीईओलाई एकिकृत निर्देशनमा उल्लेख भएको भन्दा बाहेकका सेवा सुविधा दिने गरेको पनि राष्ट्र बैंकले उल्लेख गरेको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

हायरको ब्रान्ड एम्बासडरमा पारस खड्का

विश्वप्रसिद्ध होम एप्लायन्स ब्रान्ड हायरको ब्रान्ड एम्बासडरका रूपमा नेपाली...

आईपीओ निष्काशनको तयारीमा रहेका दुई वटा होटल कम्पनी मर्ज हुँदै

आईपीओ निष्काशनको तयारीमा रहेका दुई वटा होटेल कम्पनी मर्ज...

सुनको मूल्य फेरि ३ लाख माथि, तोलामै ९५ सयले बढ्यो

आज आइतबार सुनको भाउ बढेको छ । शुक्रबार प्रतितोला...

राइड सेयरिङ सर्भिस ‘ई–ड्राइभ’ नेपालगन्जमा पनि सुरु

लुम्बिनी प्रदेशमा पहिलो राइड सेयरिङ सेवाका रुपमा सेवा थालेको...

टि २० विश्वकप क्रिकेटमा आज नेपाल र इंग्ल्यान्ड भिड्दै

शनिवारदेखि सुरु भएको टि २० विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत...

ओटीएम मुम्बई २०२६ः भारतको मञ्चबाट विश्वभरका पर्यटकलाई नेपाल घुम्न निम्तो

नेपाल पर्यटन बोर्डले भारतको मुम्बईमा आयोजित एशियाकै प्रतिष्ठित अन्तर्राष्ट्रिय...
spot_img