हिमालयन बैंकले थप सार्वजनिक निष्कासन(एफपीओ) गर्ने भएको छ । कम्पनीले एफपीओ निष्काशन गर्नको लागि सिटिजन्स क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ ।
बिक्री प्रबन्धक नियुक्ति सम्झौतामा हिमालयन बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर जबरा तथा सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार सिटिजन्स क्यापिटलले हिमालयन बैंकको एफपीओ निष्कासनको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ । नेपाल राष्ट्र बैंकले पुर्व स्वीकृति दिएपछि तथा नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि बैंकले एफपीओ निष्काशन गर्ने छ ।