Sunday, July 19, 2026
spot_img

बाढीको बीमा दाबी: १६ बीमा कम्पनीले तिरे ७९ करोड, २ वटाले सुको दिएनन् (सूचीसहित)

spot_img

२०८१ को असोजको दोस्रो साता आएको भारी वर्षा र त्यसले निम्त्याएको बाढीले ठूलो धनजनको क्षति गर्यो । विभिन्न बीमा कम्पनीमा पौने १२ अर्ब बढीको दाबी परेको थियो।

बीमा प्राधिकरणका अनुसार १८ कम्पनीमा गरि कुल १२ अर्ब २६ करोड ४ लाख ६२ हजार ६६  रुपैयाँ ९४ पैसाको दाबी परेको थियो । कुल ३५ सय २९ वटा दाबी परेका थिए।

जसमा मङ्सिर १२ गतेसम्म बीमा कम्पनीहरुले ७८ करोड ९३ लाख ८ हजार ३ सय ३ रुपैयाँ ७२ पैसा भुक्तानी गरेका छन् । कुल १२१५ वटा दाबी भुक्तानी भएको प्राधिकरणले जनाएको छ।

जसमा सम्पति बीमा शिर्षकमा सबैभन्दा धेरै ५८ करोड ८३ लाख १६ हजार रुपैयाँ दाबी भुक्तानी भएको छ। यस शिर्षकमा ९ अर्ब १ करोड ९५ लाख रुपैयाँको दाबी परेको छ।

मङ्सिर १२ गतेसम्मको तथ्यांक अनुसार अन्य कम्पनीले क्रमश दाबी भुक्तानी दिन थाले पनि राष्ट्रिय बीमा कम्पनी र ट्रस्ट माइक्रो इन्स्योरेन्सले अहिलेसम्म एक रुपैयाँ पनि दाबी भुक्तानी दिएका छैनन् । राष्ट्रिय बीमा कम्पनीमा १७ वटा दाबी मार्फत २० करोड ६७ लाख रुपैयाँ र ट्रस्ट माइक्रो इन्स्योरेन्समा ४ वटा दाबी १५ लाख २० हजार रुपैयाँको भुक्तानी परेको छन् । तर यी दुवै कम्पनीले अहिलेसम्म दाबी भुक्तानी दिन सुरु गरेका छैनन् ।

हेर्नुस् कुन कम्पनीले कति दाबी भुक्तानी दिए ?

कुन बीमालेखमा कति दाबी र कति दाबी भुक्तानी भयो ?

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ३०औँ वार्षिकोत्सवको अवसरमा ‘SALICO सुरक्षा रन २०२६’ सम्पन्न

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (SALICO) ले आफ्नो स्थापना भएको...

बैंकर डा.मल्लको दोश्रो कृति ‘सपना सकार हुन्छन्’ बजारमा

डा. बुद्धि मल्लद्वारा लिखित दोश्रो पुस्तक “सपना सकार हुन्छन्”...

विश्वकपमा Jersey Battle: १२ वर्षपछि फाइनल खेल हुनु अगावै नै Adidas को ठूलो जित

फिफा विश्वकप २०२६ को फाइनलमा अर्जेन्टिना र स्पेनबीच हुने...

बढ्यो सुनचाँदीको भाउ

आज आइतबार सुनचाँदीको भाउ बढेको छ । शुक्रबार प्रतितोला...

मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइनको मार्कीचोक–भरतपुर खण्डको पहिलो सर्किट चार्ज

मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गतको मार्कीचोक–भरतपुर २२०...

बिपी राजमार्ग खुल्यो

सुख्खा पहिरोका कारण अवरुद्द बनेको बिपी राजमार्ग सञ्चालनमा आएको...
spot_img