चालु आर्थिक वर्ष २०८१/०८१ को पहिलो ४ महिना (साउनदेखि कार्तिकसम्म)मा नेपालले निर्यातमा सामान्य सुधार गरेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो ४ महिनामा निर्यात ४.१६ प्रतिशतले बढेको छ ।
सोयाबिन, कार्पेट, चिया, अलैँची, आइरन र धागो लगायतका वस्तुले निर्यात बढाउन मद्दत गरेका हुन् । चालु आर्थिक वर्षको ४ महिनामा कुल ५२ अर्ब ६७ करोड ७ लाखको वस्तु निर्यात भएको छ । जबकी, आ.व. २०८०/८१ को पहिलो ४ महिनाको अवधिमा ५० अर्ब ५६ करोड ५३ लाखको मात्रै निर्यात भएको थियो ।
नेपालबाट यो ४ महिनाको अवधिमा निर्यात भएका वस्तुमध्ये पहिलो नम्बरमा सेयाबिन तेल छ । ४ महिनामा ३ अर्ब ४० करोड ९६ लाख रुपैयाँको सोयाबिन तेल निर्यात भएको छ । तेल भारत निर्यात भएको छ ।
दोस्रो नम्बरमा कार्पेट छ । आर्थिक वर्षको प्रथम चौमाससम्ममा २ अर्ब ३० करोड ७ लाख रुपैयाँको कार्पेट निर्यात भएको छ । सबैभन्दा बढी निकासी भएको वस्तुको तेस्रो नम्बरमा कालो चिया रहेको । यो ४ महिनामा २ अर्ब ९ करोड १४ लाख रुपैयाँको कालोचिया नेपालबाट निकासी भएको छ ।
यस्तै, यो ४ महिनामा १ अर्ब ९० करोड २ लाख रुपैयाको अलैँची निर्यात हुँदा स्टिल तथा आइरन १ अर्ब ७२ करोड ४१ लाखको निर्यात भएको छ । १ अर्ब ६८ करोड ४८ लाखको जुट, १ अर्ब ६५ करोड १९ लाखको धागो र १ अर्ब ५५ करोड ६६ लाखको जुस निर्यात भएको छ ।
यी वस्तुको निकासी बढ्दा नेपालबाट एक महिनामै १४ अर्ब २९ करोड २० लाख रुपैयाँको निर्यात बढेको भन्सार विभागले जनाएको छ ।
नेपालबाट चालु आर्थिक वर्ष २०८१/०८२ को प्रथम चौमास (साउनदेखि कार्तिक)सम्म निर्यात भएका मुख्य वस्तु र निर्यात मूल्यः














