Thursday, June 25, 2026
spot_img

यी हुन् पछिल्लो ४ महिनामा नेपालबाट धेरै निर्यात भएका मुख्य वस्तु (सूचीसहित)

spot_img
spot_img

चालु आर्थिक वर्ष २०८१/०८१ को पहिलो ४ महिना (साउनदेखि कार्तिकसम्म)मा नेपालले निर्यातमा सामान्य सुधार गरेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो ४ महिनामा निर्यात ४.१६ प्रतिशतले बढेको छ ।

सोयाबिन, कार्पेट, चिया, अलैँची, आइरन र धागो लगायतका वस्तुले निर्यात बढाउन मद्दत गरेका हुन् । चालु आर्थिक वर्षको ४ महिनामा कुल ५२ अर्ब ६७ करोड ७ लाखको वस्तु निर्यात भएको छ । जबकी, आ.व. २०८०/८१ को पहिलो ४ महिनाको अवधिमा ५० अर्ब ५६ करोड ५३ लाखको मात्रै निर्यात भएको थियो ।

नेपालबाट यो ४ महिनाको अवधिमा निर्यात भएका वस्तुमध्ये पहिलो नम्बरमा सेयाबिन तेल छ । ४ महिनामा ३ अर्ब ४० करोड ९६ लाख रुपैयाँको सोयाबिन तेल निर्यात भएको छ । तेल भारत निर्यात भएको छ ।

दोस्रो नम्बरमा कार्पेट छ । आर्थिक वर्षको प्रथम चौमाससम्ममा २ अर्ब ३० करोड ७ लाख रुपैयाँको कार्पेट निर्यात भएको छ । सबैभन्दा बढी निकासी भएको वस्तुको तेस्रो नम्बरमा कालो चिया रहेको । यो ४ महिनामा २ अर्ब ९ करोड १४ लाख रुपैयाँको कालोचिया नेपालबाट निकासी भएको छ ।

यस्तै, यो ४ महिनामा १ अर्ब ९० करोड २ लाख रुपैयाको अलैँची निर्यात हुँदा स्टिल तथा आइरन १ अर्ब ७२ करोड ४१ लाखको निर्यात भएको छ । १ अर्ब ६८ करोड ४८ लाखको जुट, १ अर्ब ६५ करोड १९ लाखको धागो र १ अर्ब ५५ करोड ६६ लाखको जुस निर्यात भएको छ ।

यी वस्तुको निकासी बढ्दा नेपालबाट एक महिनामै १४ अर्ब २९ करोड २० लाख रुपैयाँको निर्यात बढेको भन्सार विभागले जनाएको छ ।

नेपालबाट चालु आर्थिक वर्ष २०८१/०८२ को प्रथम चौमास (साउनदेखि कार्तिक)सम्म निर्यात भएका मुख्य वस्तु र निर्यात मूल्यः

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सुनचाँदीको भाउमा भारी गिरावट

आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार प्रतितोला...

जीवन विकास लघुवित्तले युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्तलाई गाभ्ने, स्वाप कति ?

जीवन विकास लघुवित्त, युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्तले...

नेरुडे मिर्मिरे लघुवित्तको साधारणसभा आह्वान, हकप्रद निष्काशन गर्ने प्रस्ताव

नेरुडे मिर्मिरे लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले...

सर्वोत्तम पेन्ट्सको आईपीओ बाँडफाँड, ७० हजार ५ सय ५० जनाले पाए शेयर

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड...

सर्वोत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड हुने

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ असार...

अनुसन्धानको लागि मौखिक अनुरोध मै खाता रोक्का हुने, बैंकले २४/७ कर्मचारी राख्नु पर्ने

वित्तीय अपराध न्यूनीकरणको लागि नेपाल राष्ट्र बैंकले कडा कदम...
spot_img