Friday, May 8, 2026
spot_img

पञ्चकन्या स्टीललाई ‘ग्रिनप्रो प्रमाणपत्र’

spot_img
spot_img

पञ्चकन्या ग्रुपको सिष्टर कन्सर्न उद्योग पञ्चकन्या स्टील प्रा.लि.को उत्पादन टिएमटि रिब्डबारले सन् २०२४ को लागि सिआईआई. ग्रिनप्रो प्रमाणपत्र प्राप्त गरेको छ । नेपालमा यो प्रमाणपत्र पाउने पञ्चकन्या ग्रुप पहिलो उद्योग समूह बनेको छ ।

२०८१ असोज ३० गते भारतको दिल्लीमा आयोजित एक कार्यक्रममा पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक उज्ज्वल कुमार श्रेष्ठले उक्त प्रमाणपत्र ग्रहण गरेका हुन् ।

पञ्चकन्या स्टीलको टिएमटि रिब्डबारले प्रतिष्ठित ग्रीनप्रो प्रमाणपत्र प्राप्त गरे पश्चात् कम्पनीको वातावरणीय स्थिरता र निर्माण क्षेत्रको उत्कृष्टताप्रतिको प्रतिवद्धताको थप एक महत्वपूर्ण उपलब्धि समेत भएको जनाएको छ ।

कन्फेडेरेसन अफ इन्डियन इण्डष्ट्री (सिआइआइ)– सोराब्जी गोदरेज ग्रीन बिजनेस सेन्टरद्वारा प्रदान गरिएको ग्रीनप्रो प्रमाणपत्रले वातावरण संरक्षणका लागि कडा मापदण्डहरू पूरा गर्ने उत्पादनहरूलाई मान्यता दिन्छ । यो प्रमाणपत्र ग्रहण पश्चात पञ्चकन्या स्टीलको उच्च गुणस्तर र पर्यावरणमैत्री सामग्रीहरू उत्पादन गर्ने प्रतिबद्धतालाई अझ उजागर गरेको छ ।

न्यूनतम कार्वन उत्सर्जन सामग्री र प्रविधिलाई प्रबर्धन तथा प्रोत्साहन गर्ने उद्देश्यले सन् २०१५ देखि यो ग्रिनप्रो प्रमाणपत्र प्रदान गर्न थालिएको हो । हालसम्म विश्वका ४८० उद्योगहरुका ९ हजार ५ सय थरिका उत्पादनहरुले ग्रिनप्रो मान्यता प्राप्त गरेका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

१५ जनालाई पदमुक्त गर्ने सरकारको निर्णय

सरकारले विदेश स्थित १५ जना अवैतनिक दूतहरुलाई पदमुक्त गरेको...

वैशाख २८ गते राष्ट्रपतिले संसदलाई सम्बोधन गर्ने

वैशाख २८ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै...

नर्भिक हस्पिटल आईपीओ: ११०० मूल्य खोजेकोमा ४६० रुपैयाँ मात्र कटअफ, अब के हुन्छ ?

बुक विल्डिङ्ग विधिबाट आईपीओ निष्काशनको क्रममा योग्य संस्थागत लगानीकर्ताबाट...

बढ्यो सुनचाँदीको भाउ

आज शुक्रबार सुनचाँदीको भाउ बढेको छ । बिहिबार प्रतितोला...

अध्यक्ष भए लगत्तै अन्जन श्रेष्ठले किन गर्दैछन् महासंघको नियमावलीमा संशोधन ?

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षको चुनाव अगाडि नियमावली...
spot_img