Friday, August 28, 2026
spot_img
spot_img

भैरहवामा कार्तिक १२ पछि जजीरा र फ्लाइ दुबईले उडान गर्ने, अरु २ एयरलाइन्स पनि तयारीमा

spot_img

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दुइ अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीले नियमित उडान गर्ने भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार २७ सेप्टेम्बर (११ कात्तिक)बाट सुरु हुने ‘वीन्टर सिजन’ सुरु हुनासाथ अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीले भैरहवाबाट उडान गर्न लागेका हुन् ।

हालसम्म कुवेतबाट आउने जजीरा एयरलाइन्स र संयुक्त अरब इमिरेट्स (युएई)को दुबईबाट आउने फ्लाई दुबईले भैरहवामा विमानस्थलमा नियमित उडान गर्ने पक्का भइसकेको छ ।

कुवेतबाट आउने जजीरा एयरलाइन्सले १२ कात्तिकदेखी भैरहवाबाट हप्तामा ३ उडान गर्ने भएको छ । जजीराले सातामा मंगलबार, बिहीबार र शनिबार बिहान ७ः३० बजे कुवेतबाट भैरहवा अवतरण गर्नेछ । भैरहवाबाट बिहान ८ः३० बजे कुवेत फर्कनेछ ।

नागरिक उड्डयन प्राधिकरणबाट उडान तालिकासमेत पाइसकेपछि जजीराले टिकेट बुकिङ पनि लिइरहेको छ ।

फ्लाई दुबई भने नेपालमै पहिलोपटक ‘एट फ्रिडम’ (आठौँ ट्राफिक स्वतन्त्रता)सहित उडान गर्नेछ । एउटा देशको वायुसेवा कम्पनीले अर्को देशमा गएर एउटा विमानस्थलबाट अर्को विमानस्थलमा उडान गर्नुलाई एट फ्रिडम भन्ने गरिन्छ ।

फ्लाई दुबईको जहाज दुबईबाट दिउँसो १ः४५ मा भैरहवा विमानस्थलमा अवतरण गर्नेछ भने भैरहवाबाट दिउँसो ३ः३० बजे काठमाडौँ विमानस्थलमा अवतरण गर्नेछ । फ्लाई दुबईको जहाज काठमाडौँबाट अपरान्ह ४ः३० बजे दुबईका लागि उड्नेछ ।

फ्लाई दुबई नोभेम्बर ९ (कात्तिक २४)बाट दुबई–भैरहवा–काठमाडौँ–दुबई गन्तव्यमा दैनिक एक उडान गर्नेछ ।

अरु २ एयरलाइन्स पनि तयारीमा

जजीरा र फ्लाई दुबईले भैरहवाबाट उडान गर्ने तालिका तय भइसक्दा अन्य एयरलाइन्स कम्पनीले पनि भैरहवाबाट उडान गर्ने चासो देखाएका छन् । अक्टोबर २ (असोज १६) बाट काठमाडौँमा नियमित उडान सुरु गरेको थाई एयर एसियाले पनि भैरहवाबाट सातामा ४ वटा उडान गर्ने अनुमति पाएको छ । थाई एयर एसियाले अक्टोबर २७ (कार्तिक ११) भित्रै भैरहवा उडान गर्ने गरी तालिका पेश गर्ने जनाएको छ ।

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले भैरहवा विमानस्थलमा हरेक हप्ताको मंगलबार उडान गर्दै आएको छ । नेपाल एयरलाइन्सको जहाज सोमबार काठमाडौँबाट मलेसिया जान्छ र मंगलबार मलेसियाबाट भैरहवा आउँछ । भैरहवाबाट काठमाडौँ आउने गरेको छ ।

एयर अरेबियाले पनि भैरहवाबाट उडान गर्ने तयारी अघि बढाएको छ । यद्यपी, एयर अरेबियाले उडान तालिका भने पेश गरिसकेको छैन । नेपालकै अन्तर्राष्ट्रिय वायुसेवा प्रदायक हिमालय एयरलाइन्सले पनि भैरहवाबाट उडान गर्न सकारात्मक रहेको बताउँदै आएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

इप्पानले ५ करोड ५ लाख ५० हजार सहयोग गर्ने

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले प्रधानमन्त्री दैवी प्रकोप...

स्काईवेलको मूल्यले अवलोकनकर्ताको ध्यान खिच्यो, ‘इन्क्वायरी’ बढ्दै

भृकुटीमण्डपमा चलिरहेको ‘नाडा अटो शो २०२६’मा स्काईवेल ईभीको मूल्यलाई...

बाढी अपडेटः ४० किलोमिटर सडक क्षतिग्रस्त, ४१ वटा पुल ध्वस्त

बुधबार भोटेकोशी नदीमा आएको बाढीका कारण ४० किलोमिटर सडक...

नुवाकोटमा ७ मेगावाट विद्युत आपूर्ति, अत्यावश्यक सेवा सञ्चालनमा सहज

नुवाकोट जिल्लामा विद्युत आपूर्ति नियमित गर्न नेपाल विद्युत प्राधिकरणले...

महासंघ अध्यक्ष श्रेष्ठ र साउदीका राजदूतबीच भेट, दुइ देशबीच आर्थिक सम्बन्ध विस्तारबारे छलफल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र नेपालका...

सानिमा बैंकको लाभांश घोषणा

सानिमा बैंकले आर्थिक वर्ष २०८२/०८३ को मुनाफाबाट लाभांश प्रस्ताव...