Saturday, July 18, 2026
spot_img

दशैँमा घुमफिरको योजना बनाउनु भएको छ ? घुम्न जाने ठाउँ कसरी छान्ने ? के के बोक्ने ?

spot_img

दशैँ र तिहारको बिदामा मानिसहरु ‘घुमन्ते मुड’मा हुन्छन् । ‘कर्पोरेट हाउस’का सञ्चालकहरु यहीँ बीचमा विदेशमा समेत पुग्दछन् भने मध्यवर्गीय मानिसहरु स्वदेशकै विभिन्न गन्तव्य पुग्ने गर्दछन् ।

बिदाको बेलामा कतै न कतै घुम्न जानुपर्छ भन्ने मान्यता अनुसार विकास भइरहेको ‘घुमफिर संस्कृति’मा नेपालीहरु क्रमशः अभ्यस्त हुँदैछन् । तर पनि उनीहरु घुमफिरका गन्तव्य छनोटदेखि आफूले बोक्नुपर्ने मालसामानबारे भने त्यति ख्याल राख्दैनन् । सँगै, ‘बजेट प्लान’ पनि धेरैले बनाउँदैनन् । जसले गर्दा समस्या निम्त्याउन सक्छ । यसकारण घुमफिरमा निस्कदा गन्तव्यको बारेमा राम्रो जानकारी लिएर र आफूले आधारभूत समान बोकेर मात्रै निस्कनुपर्छ ।

पोखरा र चितवनमा होटल व्यवसाय सञ्चालन गर्दै आएका युवा पर्यटन व्यवसायी आग्रह अर्यालका अनुसार घुमफिरमा निस्कदा खर्चको योजना नबनाउँदा घुमन्ते एवम् पर्यटकहरु विभिन्न गन्तव्यमा अलपत्र पर्ने वा हराउने जोखिम हुन्छ । यसकारण घुमफिरमा निस्कँदा बजेको योजना बनाउनु निकै महत्वपूर्ण हुने उनको भनाइ छ ।

‘घुमफिरमा निस्कँदा बजेट प्लान पनि बनाउनुपर्छ, खर्चको औसत प्लान बनाएको अवस्थामा त्यसले आफूलाई अनुशासित बनाउँछ’ उनी भन्छन्, ‘आफूले गरेको प्लान अनुसार ठ्याक्कै मिल्छ भन्ने हुँदैन, तर यहाँबाट यहाँसम्म जान यातायातमा यति खर्च हुन्छ, यति ठाउँमा खाना खाँदा यति खर्च हुन्छ, होटलमा यति खर्च हुन्छ भन्ने आधारभूत खालको योजना चाहिँ चाहिन्छ ।’

‘डेस्टिनेशन रि–भ्यू’

घुमफिरमा निस्कँदा आफू जान लागेको ठाउँ यकिन गरेर त्यहाँ पुग्ने बाटोघाटोको अवस्था ठिक छ भन्ने यकिन भएपछि मात्रै निस्कनुपर्छ भन्ने सुझाव छ व्यवसायी अर्यालको । सँगै, ‘डेस्टिनेशन रि–भ्यू’ पनि हेर्न छुटाउन नहुने उनको सुझाव छ ।

‘कुन ठाउँमा जान लागेको हो, त्यो ठाउँमा जाने बाटोको अवस्था के छ, होटल तथा रिसोर्ट वा होमस्टेहरुको सुविधा के छ भन्ने रिभ्यू हेरेर मात्रै यात्रा तय गर्नुपर्छ’ उनी भन्छन्, ‘रि–भ्यूलाई आधार बनाएर डेस्टिनेशन पनि छान्न सकिन्छ भने होटल पनि छान्न सकिन्छ ।’

उच्च पहाडी भेगमा जाँदा पूर्व योजना अनिवार्य चाहिने अर्याललको सुझाव छ । सँगै, मौसको अवस्थाबारे पनि जानकार हुनु राम्रो हुन्छ ।

‘पोखरा आउनु भएका कतिपय मान्छेहरु यहाँसम्म आइहालियो, अब अन्नपूर्ण ट्रेक वा अन्त कतै पुगेर फर्किउँ न त भन्ने पनि देखिनुहुन्छ’ अर्याल थप्छन्, ‘तर, ट्रेकिङमा जाने हो भने हतारमा निर्णय गर्नु हुँदैन । सट ट्रेक (छोटो ट्रेकिङ) हो भने पनि ४ दिनको हुन्छ, यसका लागि लाउने, खानेदेखि प्राथमिक उपचारका विधिसमेत सिकेर औषधि पनि आफैँले बोकेर जानुपर्छ ।’

ट्राभल कम्पनी ‘गौतम होलिडेज्’का अनुसार घुमफिरमा निस्कँदा विभिन्न कुराहरु यात्री आफैँले बोक्न छुटाउनु हुँदैन । यसमा औषधिदेखि विभिन्न कपडाहरुसमेत पर्दछन् ।

औषधीतर्फः

१) पारासिटामोल (निको)

२) पेन किल्लर

३)डेभोमाईन (एभोमाइन)

४) साइनेक्स

५) प्रोटोग्याल डि.एफ.

६) प्यान्टाप्राजोल

७) जोलामिड

८) हाजमुला

९) ह्यान्डिप्लास्ट

१०) ब्यान्डिज

११) कटन

१२) आइ ड्रप

१३) मेडिकल माक्स

१४) मेडिकल पन्जा

१५) थर्मोमिटर

१६) बेटाडिन

अन्य सामग्रीहरुः

१) कटन वा ऊनको क्याप टोपी

२) घामबाट जोगिने चश्मा

३) ऊनको पञ्जा

४) र्याङकोट

५) स्वीटर

६) तातो हुने ट्राउजर

७) कटन वा ऊनको मजा

८) स्पोर्ट जुत्ता

९) ट्रेकिङ स्टिक (लौरो)

१०) हेड लाइट

११) पानीको बोतल (सम्भव भएसम्म थर्मस)

१२) ट्रेकिङ ब्याग

१३) स्लिपिङ ब्याग

१४) व्यक्तिगत सामानहरु (कस्मेटिक्स, मञ्जन ब्रस, डेटोल, नोटबुक, पेन, क्यामेरा, खाली मेमोरी कार्ड आदि)

१५) सुख्खा खाने कुराहरु (स्नेकर्स, चकलेट, ग्लुकोज, बिस्कुट आदि)

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

महासंघको रोजगारदाता परिषदले पूर्णता पायो, बाबुकाजी कार्की बने उपसभापति

नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत निजी क्षेत्रको श्रम तथा...

मंसिरमा ‘अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी’ आयोजना हुने, स्टल बुकिङ खुला

नेपालको कृषि क्षेत्रलाई आधुनिकीकरण, यान्त्रीकरण र व्यवसायीकरण गर्ने उद्देश्यका...

७० प्रतिशत रोपाइँ सकियो

असार सकिँदासम्म यस वर्ष ७० प्रतिशत धान रोपाइँ सकिएको...

राष्ट्र बैंक ऐन संशोधनबारे सिबिफिन र बैंकर्स संघसँग छलफल गर्दै अर्थ समिति

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐन २०५८...

एनटीसीको सिम हराएको छ ? अब अनलाइनबाटै दिन सकिन्छ आवेदन

नेपाल टेलिकमले सिमकार्ड हराएमा वा बिग्रेमा अनलाइबाटै आवेदन दिन...

राष्ट्र बैंक ऐन किन संशोधन गर्न लागियो ? यस्तो छ अर्थमन्त्रीको जवाफ

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक ऐन, २०५८...
spot_img