Thursday, July 9, 2026
spot_img

सोपान फर्मास्युटिकल्सले पायो ‘डब्लुएचओ जीएमपी’ र ‘नेशनल जीएमपी’ प्रमाणपत्र

spot_img

सोपान फर्मास्युटिकल्स लिमिटेडले ‘विश्व स्वास्थ्य सङ्गठन गुड म्यानुफ्याकचरिङ प्रैक्टिस- डब्लुएचओ जीएमपी’ प्रमाणपत्र प्राप्त गरेको छ। साथै कम्पनीले नेशनल जीएमपी प्रमाणपत्र पनि प्राप्त गरेको छ।

गुणस्तरलाई उच्चतम प्राथमिकता दिएर औषधि उत्पादन गरिरहेकोले उद्योगले WHO – GMP (विश्व स्वास्थ्य संगठनको कुशल उत्पादन अभ्यास) र National GMP प्रमाणपत्र प्राप्त गरेको कम्पनीले जनाएको छ। साउनमा WHO-GMP Guideline र औषधि उत्पादन कुशल अभ्यास संहिता २०७२ (पहिलो संसोधन) बमोजिमको प्रमाणीकरणको कार्य संबन्धित निकायले गरेकोमा आज WHO-GMP र National GMP प्रमाणपत्र प्राप्त गरेको सोपानले जनाएको छ। यस संगै सोपान अब WHO-GMP, National GMP र ISO 9001:2015 सर्टिफाइड कम्पनी बनेको छ।

कम्पनीका सीईओ सुमन न्यौपानेले भने यस प्रमाणपत्रको प्राप्ति संगै कम्पनीले राखेको प्रमुख लक्ष्यहरू मध्यको एक महत्वपूर्ण लक्ष्य हासिल गर्न सोपान फर्मास्युटिकल्स लिमिटेड सफल भएको बताए। उनले भने ‘ यस सफलतामा मार्गनिर्देश र साथ दिनुहुने कम्पनीको संचालक समिति, प्रमुख संस्थापक सोपान मल्टिपल कम्पनी लि.को संचालक समिति, शेयरधनीहरु, टेक्निकल तथा अन्य कर्मचारीहरू र सोपानलाई विश्वास गरी साथ दिनुहुने हेल्थकेयर प्रोफेसनल्स, औषधिका थोक तथा खुद्रा बिक्रेता र कन्ज्युमर्सलाई हार्दिक धन्यवाद दिदै सोपानले उच्चतम गुणस्तरको औषधि उत्पादन गरी सुलभ मूल्यमा उपलब्ध गराउँदै जाने प्रतिबद्धता समेत जाहेर गर्दछौँ।”

यो प्रमाणपत्रको प्राप्तिले कम्पनीको बिक्री दायारा फराकिलो बन्ने र ब्यापारमा उल्लेख्य वृद्धि हुदै जाने र आगामी बर्षबाट औषधिको निर्यात समेत सुरू गरिने योजना रहेको समेत सिईओ न्यौपाने जानकारी गराए।

औषधि उत्पादन क्षेत्रमा लामो अनुभव भएका वरिष्ठ फर्माशिष्ट तथा सोपान फर्मास्युटिकल्सका टेक्निकल डाईरेक्टर शरद खनालले यो उपलब्धी को कारण उद्योगको नक्साङ्कन देखि हरेक उपकरण र गतिबिधिहरू WHO-GMP Model मा ब्यवस्थापन गरिएकोले, दक्ष टेक्निकल टिमको अनवरत मेहनत र सरोकारवाला सम्पूर्णको संयुक्त योगदानले सम्भव भएको बताए।

कम्पनीले हाल ६० बढी औषधिहरू बजारमा पुर्याईसकेको छ भने ११५ वटा औषधिहरुको उत्पादन अनुमति प्राप्त गरिसकेको छ।

गैह्र आवासिय नेपाली तथा नेपालका सफल उद्यमीहरूको प्रमुख लगानीमा स्थापित सोपान फर्मास्युटिकल्स लिमिटेड नेपालमा ठूलो लगानी गरिएको अत्याधुनिक औषधि उद्योगहरू मध्यको एक हो। कम्पनीले गत अषाढ महिनामा धितोपत्रको प्राथमिक सार्वजनिक निस्काशन (आईपओ) का लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

साउनदेखि UDIN नम्बर अडिटरको मोबाइलमा मात्र आउने, इमेल सेवा बन्द

आगामी साउनदेखि अडिटरहरुले लिनु पर्ने Unique Document Identification Number...

आयल निगमको कार्यकारी निर्देशकका लागि ६ जनाको नाम सर्टलिस्ट

नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदका लागि ६...

खोटाङदेखि भारतीय शेयरबजारसम्मको यात्रा, दीप जङ्ग थापाको कम्पनी BSE मा सूचीकृत

नेपाली उद्यमी दीपजंग थापा सह-संस्थापक रहेको आर्टिफिशल इन्टेलिजन्स (एआई)...

सिबिफिनले भन्यो, ‘मौद्रिक नीति सन्तुलित, केही महत्वपूर्ण सुझाव भने समेटिएनन्’

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले नेपाल राष्ट्र...

नाइमा मोबिलिटी एक्स्पोः यी हुन् ५१ स्टलमा रहने ब्राण्ड, कति छन् नयाँ लन्च ?

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना...

सेबोनले भन्यो ‘अर्को सातासम्म पुँजीबजार विकास मार्गचित्र आउँछ, सुझबुझपूर्वक लगानी गर्नु’

नेपाल धितोपत्र बोर्डले आगामी साता सम्ममा पुँजी बजार विकास...
spot_img