Saturday, August 29, 2026
spot_img
spot_img

काठमाडौँ–मन्थली उडान सहज नभएपछि एमालेको टोली डेलिगेशनमा, हप्तामा ६ उडान राख्ने निर्णय

spot_img

काठमाडौँ–मन्थली (रामेछाप) नियमित हवाई उडानको तालिका बमोजिम सहज उडान नभइरहेको गुनासो आएपछि नेकपा एमालेको टिम मन्त्रालयमा डेलिगेशन गएको छ । नेकपा एमालेका पोलिट्ब्यूरो सदस्य एवम् रामेछाप जिल्ला इन्चार्ज कमल चौलागाईको नेतृत्वमा संस्कृति, पर्यटन तथा नागरिकक उड्डयनमन्त्री बद्री पाण्डेलाई भेट्न गएको टोलीले काठमाडौँ–मन्थली नियमित र सहज उडानको प्रबन्धका लागि अपिल गरेको छ ।

एमाले रामेछापको डेलिगेशन लगत्तै मन्त्री पाण्डेले नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हालै स्वीकृत गरेको उडान तालिका अनुसार नियमित उडान सहज रुपमा नभइरहेको विषयमा तत्काल आवश्यक कदम चाल्न क्यानलाई निर्देशन दिएका छन् । मन्त्रीको निर्देशनसँगै क्यान र एयरलाइन्स अपरेटर्स एसोसियशनले सहजीकरण गरि हप्तामा काठमाडौँ–मन्थली ६ उडान राख्ने निर्णय गरेको बताइएको छ ।

डेलिगेशन टिममा रहेकी एमाले केन्द्रीय सदस्य गीता कार्कीका अनुसार हाल मन्थलीबाट सोलुखुम्बुको लुक्ला उडान गरिरहेका तारा एयर, समिट एयर र सिता एयरले हप्तामा दुइ दुइ उडान गर्ने गरि साप्ताहिक रुपमा काठमाडौँ–मन्थली ६ उडान राख्ने निर्णय भएको छ ।

यसअघि नेकपा एमाले रामेछापमार्फत महासचिव शंकर पोखरेललाई काठमाडौँ–मन्थली नियमित उडानको प्रबन्ध मिलाइदिन अनुरोध भएको बताइएको थियो । त्यस पश्चात महासचिव पोखरेलले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेलाई यसको सहजीकरण गरिदिन अनुरोध गरेका थिए । त्यस अनुसार आज असोज २० गते नेकपा एमालेका पोलिट्ब्यूरो सदस्य एवम् रामेछाप जिल्ला इन्चार्ज कमल चौलागाईको नेतृत्वमा केन्द्रीय सदस्य गीता कार्की, प्रदेश सदस्य प्रेम तामाङ, जिल्ला कमिटी सदस्य टेक बहादुर श्रेष्ठ लगायतको टोली फलो अप डेलिगेशनमा गएको थियो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

आर्या फार्माल्यावद्वारा बाढी प्रभावितका लागि ८२ लाख ५१ हजार बराबरको औषधि सहयोग

हालैको बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित नागरिक तथा...

नाडा अटो शो: कुन बैंकले कति ब्याजदरमा दिँदैछन् फाइनान्सिङ सुविधा ?

१८औँ नाडा अटो शो २०२६ मा सहभागी बैंकहरूले अटो...

ग्लोबल आइएमईको मोबाइल बैंकिङ एपमार्फत सरकारको उद्दार कोषमा सहयोग गर्ने सुविधा

ग्लोबल आइएमई बैंकले आफ्नो मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट...

बाढीले बगाएर ल्याएको बैंकको भल्ट फोडेर पैसा बाँड्ने २९ जना पक्राउ

त्रिशूली नदीमा आएको बाढीले बगाएर ल्याएको बैंकको भल्ट फोडेर...

उद्योग परिसंघ सदस्यबाट ५ करोड २९ लाख सहयोग

नेपाल उद्योग परिसंघका सदस्य संस्थाबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार...

यी हुन् ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषित ५ जिल्लाका १५ स्थानीय तह

भोटेकोशी बाढीका कारण अति प्रभावित १५ स्थानीय तह ‘विपद्...