निजी क्षेत्रको हवाइ सेवा प्रदायक बुद्ध एयरले झापाको भद्रपुरका लागि नयाँ २ वटा उडान थपेको छ । चाडपर्वको बेला यात्रुको चाप बढेसँगै बुद्धले उडान थप गरेको हो ।
केही दिन अघिको अविरल वर्षाका कारण बाढीपहिराले सडक हुँदा हवाइ उडानमा यात्रुको चाप परेको छ । यसलाई मध्यनजर गर्दै बुद्ध एयरले भद्रपुरका लागि उडान थप गरिएको जनाएको छ ।
भद्रपुरबाट काठमाडौँका लागि ५ हजारमै टिकट पाइने बुद्ध एयरका जनसम्पर्क अधिकृत दिपेन्द्र कर्णले जानकारी दिएका छन् ।









