Friday, July 10, 2026
spot_img

दूधको उत्पादन बढ्ने र उपभोग घट्ने समस्या समाधान गर्न सरोकारवालाबीच छलफल

spot_img

नेपाल उद्योग वाणिज्य महासंघ कृषि उद्यम केन्द्र र नेपाल डेरी एसोसिएसनको संयुक्त आयोजनामा “वर्तमान अवस्थामा दुग्ध उत्पादनका क्षेत्रमा देखिएका समस्या र समाधान” विषयक छलफल कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि रहेका नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले नेपालमा धान पछिको तेस्रो ठूलो उत्पादन दुग्ध व्यवसायको रहेको बताउँदै यस क्षेत्रमा देखिएका समस्या समाधानमा सरकारले किसान र व्यवसायीका कुरा सुन्नुपर्ने बताए ।

दुग्ध उत्पादक र बिक्रेता व्यवसायीहरुलाई विभिन्न कारणले समस्या सिर्जना गरेको बताउँदै ढकालले यस्ता समस्या समाधानका लागि सबै सरोकारवालाहरुको बीचमा छलफल गरि निकास निकाल्ने तर्फ लाग्नुपर्ने बताए । उत्पादन बढ्दै जाने तर, उपभोगमा कमी हुँदै जाँदा उत्पादक नै मर्कामा परेको भन्दै उनले स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने, नीजि क्षेत्र मैत्री नीति नियम सरकारले निर्माण गरि निर्यात गर्ने वातावरण तयार गर्नुपर्ने बताए ।

कृषि उद्यम केन्द्रले यस्तो नीतिगत वहस पैरवी गर्ने कार्यमा प्रभावकारी कार्य गरेकोमा खुशी व्यक्त गर्दै उपाध्यक्ष ढकालले किसान, उद्यमी र व्यवसायीका लागि वाधक बनेका नीति नियमलाई संशोधन गराउन सरकारको ध्यानकर्षण गर्ने कार्यमा महासंघ व्यवसायीको पक्षमा रहेको प्रतिवद्धता समेत जनाए ।

कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव राजेन्द्र प्रसाद मिश्रले आजको प्रतिस्पर्धात्मक समयमा दुग्ध व्यवसायीहरुले उत्पादन लागत घटाउनु पर्ने, गुणस्तरीय उत्पादनमा जोड दिई विदेशी आयातित वस्तुलाई प्रतिस्थापन गर्ने सोच बनाउनुपर्ने, वस्तु विविधिकरणमा जोड दिनुपर्ने बताए । उनले सरकार व्यवसायीको हक हितको लागि सदा तत्पर रहेको, संघिय सरकार भन्दा प्रदेश र स्थानीय सरकारसँग मिलेर अगाडि बढ्न सकेको खण्डमा दुधको भविष्य कहिले नसकिने जिकिर गर्दै सरकार व्यवसायीको समस्या समाधान तर्फ लाग्न तयार रहेको बताए ।

राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र प्रसाद यादबले काल्पनिक समस्या देखाएर जहिले पनि समस्या देखाई रहनु भन्दा दिगो समाधानको लागि सरोकारवालाहरु एकै ठाउँमा बसेर बहस छलफल गर्न बोर्ड तयार रहेको र यसको अगुवाई कृषि उद्यम केन्द्रले गर्नु पर्ने सुझाव दिएका छन् ।

कृषि उद्यम केन्द्रका सभापति डिबी बस्नेतले दुग्ध क्षेत्रमा देखिएको समस्याको पहिचान गरि समाधानको लागि कृषि उद्यम केन्द्रले पहल गरि यसलाई नीतिगत समस्याको हलको लागि सरकारको ध्यानकर्षण गर्ने सोचका साथ कार्यक्रमको आयोजना गरिएको बताए । उनले कृषि अनुदानका नाममा कुल अनुदानको ८० प्रतिशत रकम मलमा खर्च हुने गरि हाल भइरहेको बजेट विनियोजनालाई परिर्वतन गरि नेपालको कृषि क्षेत्रको विकासको लागि आवश्यक बजेट राख्ने व्यवस्था गरिनुपर्ने बताए ।

यसपछि मात्र कृषिको व्यवसायीकरण, आधुनिकीकरणमा सहयोग पुग्ने भएकोले त्यस तर्फ सरकारको ध्यान जानु पर्ने, हाल स्टोकमा रहेको सामाग्रीहरुको उपभोग र निर्यातको लागि सरकारबाट विशेष कार्यक्रम ल्याउनुपर्ने, स्वदेशी उत्पादनलाई उपभोग गरौँ भन्ने नारालाई सफल गर्न सरकारी निकायहरुमा वस्तुको उपभोगमा अनिवार्यता गराउनु पर्ने सभापति बस्नेतको भनाइ छ ।

नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले विगत २२ वर्षदेखि उठेको समस्याको समाधानको लागि सम्बन्धित निकायको ध्यान नगएको, हाल अझ दुग्ध व्यवसायीहरुको जटिल समस्या रहेको, यसको समाधानको लागि विभिन्न समयमा सरकारको ध्यानकर्षण गरिँदा पनि सुनुवाई नभएकोले एकै मन्चमा भेला भई ती समस्याहरुको समाधानको लागि सहकार्य गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य तथा निर्यात प्रवद्र्धन समितिका सभापति नरेशलाल श्रेष्ठले दुग्ध व्यवसायलाई प्रतिस्पर्धात्मक बनाउन आधुनिक ल्याव, सहुलियत दरमा ऋण उपलब्धताका साथै बीमालाई अनिवार्यता गराउन सकेको खण्डमा नेपालमा दुग्ध व्यवसायको राम्रो भविष्य रहेको बताए ।

दुग्ध व्यवसायमा संलग्न विभिन्न सरोकारवालाहरुको सहभागिता रहेको सो छलफल कार्यक्रममा दुधको उत्पादन, खपत र मौज्दातको अवस्था बारेमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य तथा डेरी उद्योग संघका निवर्तमान अध्यक्ष अरनिको राजभण्डारीले जानकारी गराएका थिए ।

वर्तमान समयमा दुग्ध क्षेत्रमा देखिएका समस्या र समाधान बारेमा राष्ट्रिय दुग्ध विकास बोर्डका अधिकृत अजय पोखरेलले र नेपालमा दुग्ध क्षेत्रको वर्तमान अवस्था समस्या र समाधानका उपाय बारेमा नेपाल डेरी एसोसियसनका विज्ञ सदस्य सुवास चन्द्र ढकालले प्रस्तुतिकरण गरेका थिए ।

कार्यक्रममा उठेका विषयहरुको छलफल गरि प्राप्त सुझावहरुलाई एकिकृत गरि प्रतिवेदनको रुपमा सम्बन्धित मन्त्रालयमा पेश गर्ने कार्यक्रम रहेको कृषि उद्यम केन्द्रले जनाएको छ ।

कार्यक्रममा सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्दै कृषि उद्यम केन्द्रका सहसभापति राज कुमार कार्कीले गुणस्तरीय खानपानले स्वास्थ्यमा समेत प्रभाव पार्ने भएकोले स्वच्छ र गुणस्तरीय खानाहरुमा जोड दिन सकेमा व्यक्ति स्वस्थ हुनका साथै सृजनात्मक कार्यमा लाग्न सहयोग पुग्ने बताए ।

नेपाल डेरी एसोसिएसनले सेप्टेम्बर महिनाको अन्तिम बुधबारका दिन मनाइने विश्व स्कूल दुध दिवस विगतको वर्षहरु झै यस बर्ष पनि दुधसँग सम्बन्धित सरोकारवालाहरुसँगको सहकार्यमा विभिन्न कार्यक्रमको आयोजना गरि “नियमित दुध तथा दुग्ध पदार्थ सेवन, स्वस्थ र निरोगी रहन्छ विद्यार्थी जीवन” भन्ने नाराका साथ साताव्यापी विद्यालय लक्षित कार्यक्रम सम्पन्न गरि विभिन्न सरोकारवालाहरुको उपस्थितिमा कार्यक्रमको अन्तिम दिन संयुक्त रुपमा यो छलफल कार्यक्रमको आयोजना गरि यसको समापन गरिएको हो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

साउनदेखि UDIN नम्बर अडिटरको मोबाइलमा मात्र आउने, इमेल सेवा बन्द

आगामी साउनदेखि अडिटरहरुले लिनु पर्ने Unique Document Identification Number...

आयल निगमको कार्यकारी निर्देशकका लागि ६ जनाको नाम सर्टलिस्ट

नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदका लागि ६...

खोटाङदेखि भारतीय शेयरबजारसम्मको यात्रा, दीप जङ्ग थापाको कम्पनी BSE मा सूचीकृत

नेपाली उद्यमी दीपजंग थापा सह-संस्थापक रहेको आर्टिफिशल इन्टेलिजन्स (एआई)...

सिबिफिनले भन्यो, ‘मौद्रिक नीति सन्तुलित, केही महत्वपूर्ण सुझाव भने समेटिएनन्’

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले नेपाल राष्ट्र...

नाइमा मोबिलिटी एक्स्पोः यी हुन् ५१ स्टलमा रहने ब्राण्ड, कति छन् नयाँ लन्च ?

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना...

सेबोनले भन्यो ‘अर्को सातासम्म पुँजीबजार विकास मार्गचित्र आउँछ, सुझबुझपूर्वक लगानी गर्नु’

नेपाल धितोपत्र बोर्डले आगामी साता सम्ममा पुँजी बजार विकास...
spot_img