Saturday, July 18, 2026
spot_img

बजारमा उल्लेख्य उपस्थिति जनाउँदै टिस्यू पेपर ब्राण्ड ‘प्यासन’

spot_img

मैनाली इन्डष्ट्रीज प्रा.लि.ले उत्पादन गर्दै आएका टिस्यू पेपर ब्राण्ड ‘प्यासन’ले बजारमा उल्लेख्य उपस्थिति जनाउन थालेको छ । फेस टिस्यू, बाथरुम टिस्यू, न्यापकिन पेपर लगायतका ‘टिस्यू पेपर रेन्ज’का सबै उत्पादन बनाउँदै आएको मैनाली इन्डष्ट्रीले यस्ता उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउने लक्ष्य राखेको उद्योगका सञ्चालक प्रेमहरि मैनालीले बताएका छन् ।

कम्पनीले हालै मात्रै हाउस अफ राजकर्णिकारले काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरेको प्रदर्शनीमा पनि सहभागीता जनाएको थियो । नेपाली उत्पादनले क्रमशः बजार पाइरहेका बेला उक्त मेलामा पनि सहभागीता जनाइएको मैनालीले जानकारी दिएका छन् ।

उनका अनुसार नेपाली टिस्यू पेपरको बजारको कुल मागमध्ये ९० प्रतिशत बढी माग आन्तरिक उत्पादनले धान्न सक्ने भएको छ । टिस्यू पेपर लगायतका वस्तुमा नेपाल आत्मनिर्भर उन्मुख रहेको बताउँदै उनले देशब्यापी रुपमा स्वदेशी उत्पादनको उपयोग बढाउने खालको नीति आवश्यक रहेको बताएका छन् । नेपालमै स्तरीय ब्राण्ड उत्पादन गर्न सकिन्छ भन्ने सन्देश दिन आफूहरुले मेहनत गरिरहेको मैनालीको भनाइ छ ।

देशमा केही सम्भावना नै छैन भन्ने भाष्य गलत रहेको बताउँदै मैनालीले सम्भावना पहिचान गरेर उत्पादनको काममा लाग्न सके मुलुकभित्रै पर्याप्त अवसर रहेको पनि बताएका छन् । उनका अनुसार टिस्यू पेपर अब अति आवश्यक वस्तु भइसकेको बताउँदै यसलाई अत्यावश्यक वस्तुको सूचीमा राख्न आवश्यक छ ।

मुलुकभित्रै उत्पादन हुने भएपनि यसका कतिपय कच्चा पदार्थ आयात गर्नुपर्ने बाध्यता रहेको बताउँदै मैनालीले सरकारले कच्चा पदार्थमा पनि अन्तःशुल्क लगाउने गरेको गुनासो गरेका छन् । उनले उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थ आयात गर्दा अन्तःशुल्क लाग्ने प्रावधान हटाउन समेत माग गरेका छन् ।

मैनालीले सबै प्रयोगकर्ताहरुलाई स्वदेशी उत्पादन उपयोग गर्न पनि आग्रह गरेका छन् ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

इन्धन र बिजुलीमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव

यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले...

महासंघको रोजगारदाता परिषदले पूर्णता पायो, बाबुकाजी कार्की बने उपसभापति

नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत निजी क्षेत्रको श्रम तथा...

मंसिरमा ‘अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी’ आयोजना हुने, स्टल बुकिङ खुला

नेपालको कृषि क्षेत्रलाई आधुनिकीकरण, यान्त्रीकरण र व्यवसायीकरण गर्ने उद्देश्यका...

७० प्रतिशत रोपाइँ सकियो

असार सकिँदासम्म यस वर्ष ७० प्रतिशत धान रोपाइँ सकिएको...

राष्ट्र बैंक ऐन संशोधनबारे सिबिफिन र बैंकर्स संघसँग छलफल गर्दै अर्थ समिति

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐन २०५८...

एनटीसीको सिम हराएको छ ? अब अनलाइनबाटै दिन सकिन्छ आवेदन

नेपाल टेलिकमले सिमकार्ड हराएमा वा बिग्रेमा अनलाइबाटै आवेदन दिन...
spot_img