Friday, July 10, 2026
spot_img

५० करोडको आईपीओ निष्काशन तयारीमा जनता एग्रो, देशकै ठूलो कृषि कम्पनी बनाउने लक्ष्य

spot_img

५० करोडको सार्वजनिक निष्काशन गर्ने लक्ष्यसहित पूँजी संकलनमा लागेको जनता एग्रो एण्ड फरेष्ट्री लिमिटेडले संस्थापक सेयर संकलन करिब करिब टुङ्ग्याएको छ । कम्पनीका संस्थापक तथा अध्यक्ष पवन कुमार गोल्यानका अनुसार २ अर्ब पूँजीको जनता एग्रोले असोज मसान्तभित्र संस्थापक सेयर संकलनको काम सक्नेछ ।

हालसम्म १ अर्ब १५ करोड रुपैयाँ संकलन भइसकेको छ भने ३५ करोड केही दिनमै आइपुग्नेछ । यसरी १ अर्ब ५० करोड लगानी संकलन भइसकेपछि कम्पनीले बाँकी ५० करोड लगानी सर्वसाधारण लगानीकर्तामा सेयर निष्काशन गरेर संकलन गर्नेछ ।

‘हामीले संस्थापकबाट १ अर्ब ५० करोड लगानी ल्याउने र बाँकी ५० करोड आईपीओमार्फत संकलन गर्ने गरि पूँजी संरचना बनाएका छौँ, हालसम्म १ अर्ब १५ करोड लगानी आइसकेको छ, ३५ करोड पनि केही दिनमै आइसक्छ’ अध्यक्ष गोल्यानले भने, ‘यसपछि हामी प्रोमोटरको लागि क्लोज गर्छौ, असोज मसान्तमा प्रोमोटर सेयर संकलनको काम रोक्छौँ र आईपीओको प्रक्रिया अघि बढाउँछौँ ।’

उनका अनुसार यसपछि कम्पनीले बाँकी ५० करोड लगानी संकलनका लागि आईपीओ निष्काशनको प्रक्रिया अघि बढाउनेछ । सम्भवतः चालु आर्थिक वर्षभित्रै कम्पनीको आईपीओ आउन सक्ने बताइएको छ ।

नेपालकै सबैभन्दा ठूलो कृषि कम्पनीका रुपमा यसलाई विकास गरिने लक्ष्य लिइएको छ । उद्योगी गोल्यान नेतृत्वको गोल्यान समूहमार्फत १५० बिघा जमिनमा भइरहेको व्यवसायिक कृषि अब जनता एग्रो एण्ड फरेष्ट्री लिमिटेडमार्फत सञ्चालन हुनेछ भने प्रेम बहादुर लामाले चलाइरहेको बनेपा र नवलपूरको आशापूरी अर्गानिक प्रा.ली. पनि अब जनता एग्रो एण्ड फरेष्ट्री लिमिटेड मातहत नै रहने भएको छ । ‘माटो र आशापूरी दूबै ब्राण्ड अब जनता एग्रोका ब्राण्ड हुन्’ गोल्यानले भने ।

कम्पनीका सञ्चालहरुमा पवन गोल्यान अध्यक्ष छन् भने उपाध्यक्षमा राजेशकाजी श्रेष्ठ, प्रबन्ध निर्देशकमा भोजबहादुर शाह छन् र ‘अपरेशन डाइरेक्टर’मा प्रेम लामा छन् ।

निर्देशकहरुमा कमलेश कुमार अग्रवाल, नरबहादुर कार्की, उपेन्द्र केशरी न्यौपाने, केशब बहादुर रायमाझी र परितोष पौड्याल रहेका छन् ।

‘एग्रिकल्चर सेक्टर’को बृहत व्यवसायीकरणको लक्ष्यसहित आम सर्वसाधारणको समेत स्वामित्व रहने गरि मुलुककै ठूलो कृषि कम्पनी बनाउन लागिएको अध्यक्ष गोल्यानले बिजनेशपानासँग बताएका छन् ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

साउनदेखि UDIN नम्बर अडिटरको मोबाइलमा मात्र आउने, इमेल सेवा बन्द

आगामी साउनदेखि अडिटरहरुले लिनु पर्ने Unique Document Identification Number...

आयल निगमको कार्यकारी निर्देशकका लागि ६ जनाको नाम सर्टलिस्ट

नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदका लागि ६...

खोटाङदेखि भारतीय शेयरबजारसम्मको यात्रा, दीप जङ्ग थापाको कम्पनी BSE मा सूचीकृत

नेपाली उद्यमी दीपजंग थापा सह-संस्थापक रहेको आर्टिफिशल इन्टेलिजन्स (एआई)...

सिबिफिनले भन्यो, ‘मौद्रिक नीति सन्तुलित, केही महत्वपूर्ण सुझाव भने समेटिएनन्’

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले नेपाल राष्ट्र...

नाइमा मोबिलिटी एक्स्पोः यी हुन् ५१ स्टलमा रहने ब्राण्ड, कति छन् नयाँ लन्च ?

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना...

सेबोनले भन्यो ‘अर्को सातासम्म पुँजीबजार विकास मार्गचित्र आउँछ, सुझबुझपूर्वक लगानी गर्नु’

नेपाल धितोपत्र बोर्डले आगामी साता सम्ममा पुँजी बजार विकास...
spot_img