Saturday, September 5, 2026
spot_img

एभरेष्ट बन्यो लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक

spot_img

एभरेष्ट बैंकले लाभांश घोषणा गरेको छ। बैंकको आज भदौ २१ गते शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

जस अनुसार बैंकले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ५.५३ प्रतिशत नगद लाभंस्ग गरि कुल १५.५३ प्रतिशत लाभांश घोषणा गरेको हो । हाल बैंकको चुक्ता पुँजी ११ अर्ब ७६ करोड ७९ लाख रहेको छ।

यस संगै एभरेष्ट बैंक आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक बनेको छ । नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

आफ्नै गतिमा बग्न थाल्यो चमेलिया नदी, जलविद्युत आयोजना सुरक्षित

पहिरोले केही बेर आंशिक थुनिएको चमेलिया नदी आफ्नो पुरानो...

नेपाल भित्रियो विश्व कै पहिलो Soluble Lead-Flow Battery, बन्न सक्छ PROR कै विकल्प

नेपालमा पहिलोपटक Soluble Lead-Flow Battery (SLFB) प्रविधि भित्रिएको छ।...

बाढीका कारण चीनमा फसेका १५५ जना तातोपानी हुँदै नेपाल फर्किए

भोटेकोशी बाढीका कारण चीनतर्फ फसेका १५५ जना नेपाली शुक्रबार...

भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि जग्गा पहिचान गर्न समिति गठन

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...